Skip to content

सूर्य चेम्जोङ

तीन मुक्तक (मधेशले उब्जाएको अन्न)

१)
मधेशले उब्जाएको अन्न हामी खान्छौ
उही फागु, दिपावली, दशै, छठ मान्छौ
दार्जिलिङे आफ्नै ठान्छौ यही विभेद छ
मधेशका नेपालीलाई भारतीय ठान्छौ ।

दुई मुक्तक (जो कोहीले सक्दैनन्)

एक

जो कोहीले सक्दैनन् डान्से बन्नलाई
थोरै मात्र सफल छन् मान्छे बन्नलाई
एता झोल उता चोक्टा पारे यसै हुन्छ
सजिलो छैन हजुर भान्से बन्नलाई !

पर्खाईमा थिएँ तिम्रै

पर्खाईमा थिएँ तिम्रै बाली लाख बत्ती
आँखाबाट आँशुहरू खसे कति कति

दिल होइन ढुंगाको चोट लागे दुख्छ
नदी होइन आँशु हो बगिरहे सुक्छ
बितेको पल पलले झँस्काउँछ अति
आँखाबाट आँशुहरू खसे कति कति

तीन मुक्तक (आफन्तै नभएको भए)

एक
आफन्तै नभएको भए पराई हुँदैन थे
हिमाल, पहाडबिनाको तराई हुँदैन थे
एउटा छ र अर्कोको अस्तित्व छ यहाँ
नत्र नेवाःमा सँगै नेवार र राई हुँदैन थे

त्यो रुपले के–के गरे

त्यो रुपले के–के गरे के–के गरे शहरमा
चारैतिर उन्कै मात्र चर्चा छ रे शहरमा

जताततै हंगामा छ उनको जवानीको
नचिन्ने उन्लाई कोही छैन अरे शहरमा

तिमीसँग हिँड्दा हिँड्दै

तिमीसँग हिँड्दा हिँड्दै छुट्यो आज बाटो
सुरु भयो जिन्दगीको मेरो अर्को पाटो

सपना हजार थियो हावाले उडाई दियो
कुन जन्मको मलाई यस्तो बदला लियो
फूल चढाएँ देउतालाई ढुंगो पाएँ साटो
सुरु भयो जिन्दगीको मेरो अर्को पाटो

जतिसुकै बिपत्तिले देश छुँदा पनि

जतिसुकै बिपत्तिले देश छुँदा पनि
म हारेको छैन मुटु टुक्रा हुँदा पनि

छाती मेरो पशुपति शिर सगरमाथा
साथ छ ईश्वर, बुद्ध, येशू, खुदा पनि

बरु मैले चुपचाप सहिदिए

बरु मैले चुपचाप सहिदिए हुन्थ्यो
उनी आगो हुँदा पानी भइदिए हुन्थ्यो

फुल्न नपाई कोपिला झर्यो पिरतीको
एउटा थुंगा हाँगामा रहिदिए हुन्थ्यो

आउँछु भनेर गयो

आउँछु भनेर गयो पर्खी हेरें कति कति
अलिकति पर पुग्दै फर्कि हेरें कति कति

काँचको कमलो मनमा ढुँगा हानी गयौ
प्रहार पर्यो मुटुमा चर्कि हेरें कति कति

दुई मुक्तक (ऋणै – ऋणले टेकिइने)

  • by

एक
ऋणै – ऋणले टेकिइने अँझ कतिन्जेल
सस्तो भाउमा बेचिइने अँझ कतिन्जेल
छातीभित्र देश बोकेर हिँड्नेहरू हो, ए
आफ्नै देशमा हेपिइने अँझ कतिन्जेल

शब्द छैन तिमीलाई

शब्द छैन तिमीलाई कुन भनेर बोलाऊँ
तारा भनी बोलाऊँ कि जुन भनेर बोलाऊँ

जति जति तिमी देखि टाढा टाढा गए पनि
उही रूप आँखाभरि आउँछ सपना बनी
संगीत भनौँ त या म धुन भनेर बोलाऊँ
तारा भनी बोलाऊँ कि जुन भनेर बोलाऊँ

आपसी सद्भाव जाहीं-ताहीं भेटिनेछ

आपसी सद्भाव जाहीं-ताहीं भेटिनेछ
जब एक साथ दाजु-भाइ भेटिनेछ

पूर्व, पश्चिम, उत्तर, दक्षिण जतै होस्
एक ठाउँ कामी, क्षेत्री, राई भेटिनेछ

गाउँ-गाउँ बाटो बत्ती

गाउँ-गाउँ बाटो बत्ती गाडी पुर्याऊ सर्कार
तिम्रो दर्बारमा सुस्ता-माडी पुर्याऊ सर्कार

भोक भोकै मरिराछन् गरिब जनताहरू
घर -घर गाँस बास राडी पुर्याऊ सर्कार

दुई मुक्तक (श्राद्ध, भोज-भतेरमा)

१)
श्राद्ध, भोज-भतेरमा ठर्रा चल्न सक्छ
पश्चिममा चण्डी, पूर्व गर्रा चल्न सक्छ
साँस्कृतिक विविधता धार्मिक सहिष्णुता
सद्भाव बिथोल्नेमाथि छर्रा चल्न सक्छ

२)
चम्मारले पानी छोए जात धुजा हुन्छ
हाम्रो दिमागमा कैलेसम्म मुजा हुन्छ
कामी, सार्की सानो भन्नेलाई मेरो प्रश्न
विश्वकर्मा ईश्वरको किन पूजा हुन्छ ?