Skip to content


पदका लागि जन्मेका हामी
पदकै लागि मरी मेट्ने गर्छौ
इतिहास आफैँ बोल्छ
हाम्ले भाइभारदारहरूलाई पनि मार्यौं
पदकै लागि
पदले हामीलाई लोभ्याउँछ
पदले हामीलाई झस्काउँछ
पदले हामीलाई बोलाउँछ
पदको संस्कारमा हुर्केका हामी
सिन्का भएर छर्ने गर्छौ
सुरसा भएर राज गर्न
पदमा बसुन्जेल सबलाई हाई हाई
पद छोडेपछि सबलाई बाई बाई
यो त संस्कार हो
एउटा पदमा बसेर पनि
अर्को पदको आस गर्न
यो त संस्कार हो
पदकै लागि जुटाउन फुटाउन लुटाउन जन्मेका हामी
फुटाएरै राज गरिरा’छौं
यो त संस्कार हो
देशदेखि विदेशसम्म
पदकै संस्कार लिएर
हामी हुर्केका छौं
यो त संस्कार हो
आज मैले नयाँ पद पाए
चित्त नबुझे भोलि तोड्छु
सधै त संस्था तोडिन्छन्, नयाँ पद फेर्नु
पत्याउनु हुँदैन भने आजको समाचार हेर्नु
पदको लागि सबलाई सत्कार
पदको लागि सबलाई बहिस्कार
यही त पद संस्कार हो ।

डा. गोबिन्दसिंह रावत
टोरोन्टो

Leave a Reply

Your email address will not be published. Required fields are marked *