Skip to content

टोरोन्टामा तेस्रो नेपाली टोपी ईभेन्ट सम्पन्न

20140409_GovindaSinghRawat_01


टोरोन्टो नेपाली साहित्य समाजको आयोजनामा तेस्रो नेपाली टोपी ईभेन्ट गत शनिबार ५ अप्रेलका दिन ब्राहम्टनको नेपालीद्वारा संचालित दालचिनी रेष्टुरेन्टमा सम्पन्न भयो । नेपालीपनको आभास दिन सगरमाथाको प्रतिक नेपाली टोपी अनिवार्य पहिरिएर उपस्थिति जनाउनु पर्ने नेपाली टोपी ईभेन्टमा महिलाहरू साडी पहिरिएर उपस्थित हुँदै आएका छन् । गत वर्षदेखि शुरुभएको नेपाली टोपी ईभेन्टमा यसअघि क्यानाडाका लागि नेपाली राजदूत भोजराज घिमिरेको प्रमुख आतिथ्यकमा उनको बिदाइ भेटघाट सम्पन्न भएको थियो भने दोस्रो नेपाली टोपी ईभेन्टमा नेपालबाट आउनु भएका वरिष्ठ समालोचक त्रि.वि.वि., नेपाली शिक्षण समितिका प्राध्यापक डा. खगेन्द्र लुईटेलको सम्मान र अन्तक्रिया कार्यक्रमका साथ सम्पन्न भएको थियो । यसपटक विशाल टोरोन्टोबाट २२ जना विभिन्न क्षेत्र तथा विभिन्न संस्थाबाट आवद्ध महानुभावहरूको उपस्थितिरहेको थियो ।

कार्यक्रमको थालनी नेपाली टोपी ईभेन्टका संयोजक डा. गोबिन्दसिंह रावतले नेपाली टोपी ईभेन्टका बारेमा जानकारी गराउँदै तेस्रो नेपाली टोपी ईभेन्टको औचित्यमाथि प्रकाश पार्र्नुभएको थियो । वहाँले आउदो अक्टुबर २७ तारिखका दिन विशाल टोरोन्टोमा हुन गइरहेको नगरपालिकाको चुनावमा नेपाली समुदायको भूमिका र टोरोन्टो नेपाली साहित्य समाजले प्रकाशन गर्न लागेको क्यानाडाको काव्यात्मक सुसेलीहरू प्रकाशनका बारेमा छलफल गर्ने बारे प्रस्ताव राख्नुभएको थिया भने गोपीकृष्ण काफ्लेले विशाल टोरोन्टोमा एउटा नेपाली पुस्तकालयको आवश्यकता र यसलाई कार्यान्वयन गर्नेबारे प्रस्ताव राख्नुभएको थिया । नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा नव वर्षको उपलक्ष्यमा सबैले एकअर्कालाई शुभकामना दिदै कार्यक्रम शुभारम्भ भएको थियो । कार्यक्रममा यसै सन्दर्भमा विशेष क्षलफल भएको थियो । यसपटक शहरका मेयरको उम्वेदवारी दिएका नेताहरूसँग नेपाली समुदायको पहिचान गर्ने गराउने बारे भेटघाटको वातावरण बनाउनु पर्नेमा सकेको सक्रियता चहिएको छ । कार्यक्रममा क्यानाडाका एकमात्र नेपाली वकिल अतुल सुवेदीले अक्टुबर २७मा सम्पन्न हुने सभासद सदस्य तथा मेयरको चुनावमा मेयरका उम्वेदवारहरूसँग संवाद गराउने कार्यक्रमका लागि पहल गरिदिने कार्यमा सहयोग गर्ने भन्नुभएको थियो । यसपटकको चुनावमा विशाल टोरोन्टो अन्तर्गत पर्ने टोरोन्टो, मिसिसाँगा, ब्राहम्टन, मार्खम आदि शहरहरूमा बसोबास गर्दै आएका क्यानाडाको नागरिकता लिइसकेका नेपाली मतदाताहरूको भूमिका महत्वपूर्ण रहने बारेको आभास उम्वेदवारहरूलाई दिनु पर्ने र यसका लागि सम्भाव्य जितको नजिक रहेका दुई उम्वेदबारहरूलाई बेग्दा बेग्लै बोलाएर नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम राख्नु पर्ने विचारसँग सबैको सहमति भएकोले अब यसपटकको चुनावमा कम से कम टोरोन्टो, मिसिसाँगा र ब्राहम्टनमा बसोबास गर्ने र क्यानाडाको नागरिकता लिइसकेका नेपालीहरूको फेहरिस्त बनाएर त्यसैका आधारमा मेयरका उम्वेदबारसँग नेपाली समुदायको अस्तित्व यस विशाल टोरोन्टोमा मात्र नभएर क्यानाडाभरी छरिएर रहेको आभास दिलाउनु पर्ने र यसको पहल तीनैतिरबाट हुनु पर्नेमा सबैको सहमति भएको थियो ।

क्यानाडाबाट पहिलोपटक सामुहिक काव्य संग्रह प्रकाशित हुन गइरहेकोले यसमा सबैको सहयोगको आवश्यकता पर्ने भएकोले आआफ्नो क्षेत्रबाट सहयोग गर्न तथा विज्ञापनका लागि पहल गरीदिन अनुरोध गरिएको थियो । संग्रहका लागि ४० भन्दाबढी कविका ६० भन्दाबढी कविता, गीत, मुक्तक आदि संकलन भइसकेको र अन्य सहभागि भएमा खबर संप्रेषण गर्न अनुरोध गरिएको थियो । त्यस्तै विशाल टोरोन्टोमा एउटा नेपाली पुस्तकालयको आवश्यकता प्रारम्भदेखि नै महसुस गर्दै आएको र यसका लागि टोरोन्टो पब्लिक लाईब्रेरीसँगको सहकार्यमा प्रारम्भमा वेलेस्ली टोरोन्टो पब्लिक लाईब्रेरीमा केही पुस्तकहरू राख्ने व्यवस्था समेत भएको बारे अवगत गराइएपछि नेपालीहरूका लागि एउटा वेग्लै पुस्तकालयको अवधारणलाई अगाडि ल्याईएको थियो । यसका लागि हेरिटेज नेपाल नामक संस्थाले मन्दिरको अवधारणालाई अगाडि बढाएकोमा यस्तै नेपालीहरूको जमघट हुने ठाउँमा पुस्तकालयको व्यवस्ता गर्न सकिनेबारे सबैले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा ढुण्डीराज पाण्डे, गिरी बुढाथोकी, अनुप न्योपाने, गोपीकृष्ण काफ्ले, खेसराज, राजन श्रेष्ठ, डा. हरी गुरुङ्ग, अतुल सुवेदी, डि.आर. खनाल, किस्मत भण्डारी, मुक्ति गौतम, केदार बस्नेत र उक्तम मकाजुले आआफ्नो विचार राख्नुभएको थियो । यसपटकको कार्यक्रममा अञ्जनी भट्टराई, अनुप न्योपाने, अतुल सुवेदी, ढुण्डीराज पाण्डे, गोपीकृष्ण काफ्ले, डा. गोबिन्द रावत, डा. गिरी बुडाथोकी, हरी गुरुङ्ग, डा. किस्मत भण्डारी, मुक्ति गौतम, सन्त राजभण्डारी, उत्तम मकाजु, तु, श्रीमती शान्ति मकाजु, केदार बस्नेतलसी सापकोटा, डि.आर. खनाल, सि.एम. उप्रेतीको सहभागिता रहेको थियो । यसपटकको तेस्रो नेपाली टोपी ईभेन्टको व्यवस्थापन सन्त राजभण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *