आगामी जुलाईको १-३ मा अमेरिकाको वासिङ्टन डि.सी. मा हुन लागिरहेको एशोसिएशन अफ नेपलिज इन अमेरिका (ए.एन.ए) को २९ औं सम्मेलनको अवसरमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा हुने अन्तराष्ट्रिय नेपाली कविता महोत्सव २०११ भव्यताका साथ सम्पन्न गराउन उत्तर अमेरिकाका सात जना साहित्यकारहरूको एउटा समिति गठन गरिएको छ । यस समितिबाट ‘अन्तराष्ट्रिय नेपाली कविता प्रतियोगिता’ र वासिङ्टन डि.सी.मा हुने कविता महोत्सवलाई सफल बनाउन सहयोग गर्ने छ । यस समितिबाट रोजिएका पहिलो चरणका कविताहरू गोप्य रुपमा गठन गरिएका पाँच सदस्यीय निर्यायक समितिमा पठाइने छ । नेपाल र अमेरिकाबाट राखिएका निर्णयक समितिले जुन ३० सम्ममा आफ्नो निर्णय बुझाएपछि जुलाई १ मा घोषणा गरिने छ ।
संयोजक समिति
१. गोविन्दसिंह रावत (संयोजक)
२. गीता खत्री (सदस्य)
३ प्रकाश नेपाल (सदस्य)
४. कुसुम ज्ञवाली (सदस्य)
५. बिटु के.सी. (सदस्य)
६. पर्ल रेग्मी (सदस्य)
७. ऋषि बस्ताकोटी (सदस्य)
तसर्थ आगामी जुलाईको १-३ मा अमेरिकाको वासिङ्टन डि.सी. मा हुन लागिरहेको अन्तराष्ट्रिय नेपाली कविता महोत्सव २०११ का लागि कविता पठाउन हुन विश्वभरिका इच्छुक नेपाली कवि-साहित्यकारहरूमा हार्दिक अनुरोध गर्दछौं ।
पुरस्कार
१. प्रथम – ‘हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् १००० डलर नगद
२. द्धितीय – ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् ३०० डलर नगद
३. तृतीय – ‘बसुन्धरा गणेश रोका देवकोटा पुरस्कार’ प्रमाण पत्र सहित युएस २०० डलर नगद
नियमहरू
१. कविता नेपालमा प्रचलित कुनै पनि भाषा वा अंग्रेजीमा समेत पठाउन सकिनेछ । तर सो कविताको नेपाली अनुवाद पनि साथमा हुनु नितान्त जरुरी छ । अनुवाद बिनाको कविता स्वीकृत हुने छैन ।
२. कविता मौलिक, कुनै पनि संचार माध्यमबाट अप्रकाशित एवं २०० शब्दमा नवढाई लेखिएको हुनु पर्नेछ ।
३. कविको नाम, ठेगाना, सम्पर्क सुत्रका स्पष्टसँग लेखिएको हुनु पर्नेछ ।
४. कविता टाईप गरिएको र ईमेलबाट मात्र पठाउनु पर्नेछ । हुलाक वा अन्य माध्यमबाट हस्तलिखित रुपमा आएका कविता प्रतियोगितामा सामेल गरिने छैन ।
५. महोत्सवमा कवि आफैले पेश गरेको मूल भाषामै कविता वाचन गर्न पाउने छन् ।
६. कविता जुन महिनाको १० तारिखसम्म ईमेल मार्फत आईपुग्नु पर्नेछ । त्यस पछि आएका कविताहरूलाई प्रतियोगितामा समाबेश गरिने छैन ।
इमेल मार्फत कविता पठाउने ठेगाना ः
kabitapratiyogita2011@gmail.com
gosirawat@gmail.com
bishowbimohan@hotmail.com
संयोजक
गोविन्दसिंह रावत
अन्तराष्ट्रिय नेपाली कविता महोत्सव २०११
