रामकृष्ण पौडेल अनायास
‘इकोज’ उपन्यास अङ्ग्रेजी साहित्यको विस्तार
नेपालको अंग्रेजी साहित्यमा स्थापित हुँदै गएका कवि तथा उपन्यासकार ईश्वर कँडेलले दुई दशकभन्दा बढी अंग्रेजी शिक्षाको सेवामा समय बिताइसक्दा अत्यन्त उल्लेखनीय कार्य गरिसकेका छन्, जुन उनको जीवनको गौरव र प्राप्ति पनि हो । उनले विगतदेखि वर्तमानसम्म हुर्काउँदै ल्याएको शृंखला कविता, उपन्यासको सृजनकर्म नै होभन्दा अन्यथा हुँदैन । अंग्रेजी माध्यमद्वारा कलम चलाएर अंग्रेजी साहित्यमा क्रमशः प्रभाव छोड्न सफल कवि, उपन्यासकार ईश्वर कँडेलजस्ता व्यक्तित्वलाई चितवन र अँझ त्योभन्दा पनि नेपालले नै पाउनु भनेको गौरवको विषय पनि हो ।

राष्ट्रियस्तरमा हस्तक्षेप गर्ने कविडाँडाका स्रष्टाहरू
नेपालको साहित्यिक परिप्रेक्ष्यमा चितवन आज अग्रस्थान ओगट्न सफल छ । त्यसो त, अन्य जिल्लाहरू पनि कमजोर छैनन् । त्यसमा पनि चितवनको साहित्यिक उर्वर भूमिमा कविडाँडा निकै सक्रियताका साथ तीव्र गतिमा अघि लागिरहेको छ र राष्ट्रियस्तरमै चर्चामात्र होइन हस्तक्षेपसमेत गरिरहेको छ । कविडाँडाका प्रत्येक घरधुरीमा कवि, कथाकार, निबन्धकार, गजलकारहरूको प्रतिनीधित्व छ, नभएका घर बिरलै भेटिन्छन् ।
कविहरूको संख्या अधिक रुपमा रहेको भरतपुर नगरपालिका वडा नं १३ भित्र पर्ने कल्याणपुर, आनन्दपुर, कैलाशनगर, रामबाग, गुलाफबाग, मंगलपुरका केही भाग र वडा नं. १४मा पर्ने तोरीखेत र गाविस फूलबारी र श्रीपुर क्षेत्रलाई राष्ट्रिय रुपमै सम्पूर्ण सर्जकहरूले ‘कविडाँडा’ नामकरण गरेका छन् ।

बाँच्नको लागि केही गर्नु पर्छ यहाँ