Skip to content

रामकृष्ण पौडेल अनायास

बाँच्नको लागि केही

बाँच्नको लागि केही गर्नु पर्छ यहाँ
साँच्चि गरिब भोक-भोकै मर्नु पर्छ यहाँ

पसिनाले गर्हो भिजाउदै मानो उब्जाउछ
त्यही पनि साहुलाई लगान भर्नु पर्छ यहाँ

तिम्रो एक मुस्कानले

तिम्रो एक मुस्कानले शहर खलबल बनाइदियो
बारम्बार याद आउने कस्तो तलतल बनाइदियो

जताततै एउटै चर्चा सुनिन्छ बजारमा
विषयवस्तु एउटै थियो ठुलै छलफल बनाइदियो

20150112_RamKrishnaPoudelAnayas_echoes

‘इकोज’ उपन्यास अङ्ग्रेजी साहित्यको विस्तार

नेपालको अंग्रेजी साहित्यमा स्थापित हुँदै गएका कवि तथा उपन्यासकार ईश्वर कँडेलले दुई दशकभन्दा बढी अंग्रेजी शिक्षाको सेवामा समय बिताइसक्दा अत्यन्त उल्लेखनीय कार्य गरिसकेका छन्, जुन उनको जीवनको गौरव र प्राप्ति पनि हो । उनले विगतदेखि वर्तमानसम्म हुर्काउँदै ल्याएको शृंखला कविता, उपन्यासको सृजनकर्म नै होभन्दा अन्यथा हुँदैन । अंग्रेजी माध्यमद्वारा कलम चलाएर अंग्रेजी साहित्यमा क्रमशः प्रभाव छोड्न सफल कवि, उपन्यासकार ईश्वर कँडेलजस्ता व्यक्तित्वलाई चितवन र अँझ त्योभन्दा पनि नेपालले नै पाउनु भनेको गौरवको विषय पनि हो ।

एक्लै बसी तिमीसँग आँसु बगाएको

एक्लै बसी तिमीसँग आँसु बगाएको सम्झिन्छु
कैले भाँडाकुटी खेल्दै भात पकाएको सम्झिन्छु

पर्खाउथ्यौ बोलाएर भेट्दा एक्कासि रिसाउथे
आँचलको फेरो ओढाई फकाएको सम्झिन्छु

राष्ट्रियस्तरमा हस्तक्षेप गर्ने कविडाँडाका स्रष्टाहरू

नेपालको साहित्यिक परिप्रेक्ष्यमा चितवन आज अग्रस्थान ओगट्न सफल छ । त्यसो त, अन्य जिल्लाहरू पनि कमजोर छैनन् । त्यसमा पनि चितवनको साहित्यिक उर्वर भूमिमा कविडाँडा निकै सक्रियताका साथ तीव्र गतिमा अघि लागिरहेको छ र राष्ट्रियस्तरमै चर्चामात्र होइन हस्तक्षेपसमेत गरिरहेको छ । कविडाँडाका प्रत्येक घरधुरीमा कवि, कथाकार, निबन्धकार, गजलकारहरूको प्रतिनीधित्व छ, नभएका घर बिरलै भेटिन्छन् ।

कविहरूको संख्या अधिक रुपमा रहेको भरतपुर नगरपालिका वडा नं १३ भित्र पर्ने कल्याणपुर, आनन्दपुर, कैलाशनगर, रामबाग, गुलाफबाग, मंगलपुरका केही भाग र वडा नं. १४मा पर्ने तोरीखेत र गाविस फूलबारी र श्रीपुर क्षेत्रलाई राष्ट्रिय रुपमै सम्पूर्ण सर्जकहरूले ‘कविडाँडा’ नामकरण गरेका छन् ।

कसलाई सुनाऊँ खै

कसलाई सुनाऊँ खै जीवनको कथा
जसलाई भने नि घट्दैन ब्यथा

न त जान्छ प्राण आज न त बाँच्न सक्छु
आदि हाँसो आदि खुशी यस्तै यस्तै म’ता

दुखले रुदै झरेको आँशु बुझाऊँ कसरी
नमान्नु दुख परेली तिम्रो रुझाऊँ कसरी

मेरी आमा

दु:खसँगै उदाएको
मेरी आमाको कहानी
साँझासम्म पनि आफ्ना पसिना
खडेरीले सुकेर पट्पटी फुटेका
बाँझो बारीमा आफ्नो शरिरबाट
निस्केको पसिनाको नारायणीले
संचित गरेर दस नङग्राले
सपना खोस्रिदै
आलीको कान्लामा ठुसुक्क नगरी

मोडन भक्त

एक हुल मुन्द्रेहरूको बथान
अट्टाहास हाँसोमा
थोरै अस्लिन शब्दहरू मिसाउदै
पैताला भेट्नै लागेको कट्टु समाएर
जंगल सफारी लजभित्र
प्रवेश गर्छन् ।

मैले देखेको सपना

म तिमीले बनाएको
सानो महलमा थिए
अनि
मेरा हत्केलामा तिम्रो हत्केलाको
स्पर्सले
मेरो पुरै रक्त नालीमा
उर्लिरहेको एउटा नदीको वेग
समुद्रको छाल झैँ
सुनामी बनेर मस्तिष्कसम्म आइपुग्दा

मनमाया र मेरी आमा

सुत्केरी ब्याथाले चिच्याई रहेकी मनमाया
आफ्नो मुर्त्युको कल्पना गरिरहेकी छ
बाँच्ने बिस्वास हराएको छ उसलाई
दुखाईको पीडा दोब्बर भएर होला
डाक्टरहरु तैनाथ छन्
अस्पतालले गगन छुनै आँटेको छ
ढोकामा आफन्तको घुईचोले
खचाखच भरिएको छ

आमा र ममता

एक मिर्मिरे बिहानी
सूर्यले हानेको पहिलो सुनौलोतिर
घरको दलिनमा पर्छ,
दलिनको फेदीमा
जीवन र मृत्युको दोसाधमा रहेका
एकजोडी नवजात पन्छी
आफ्नो प्राणको भिक मागिरहेका छन्
जिन्दगीको सुरुवातको पहिलो चरणमा
आफ्नो परिक्षण गर्दै थिए होलान्

छापामार

वर्षौपछि फर्कदैछु उही गाउँ
जुन गाउँमा मेरा सपना हराएका थिए
अनि भाँचिएका थिए मेरा कलमका निमहरू
बिचरा ! हर्के र मनमायाको अँझै
अत्तो पत्तो छैन अरे
मैले जुन दिन गाउँ छाडेको थिए
त्यही दिन उनीहरूको सम्बन्ध
गाउँलेको नजरमा दोसि ठहरिएको थियो ।

20140403_RamKrishnaPoudelAnayas_01

मनमायाका सपना

उज्यालोको पर्खाईमा
अँध्यारोलाई चिर्दै
बसेकी छन् मनमाया

थुप्रै सपनाहरू आँखामा बोकेर
शहर पसेकी मनमाया
रहर कै आँधीले अलपत्र बनाएको