Skip to content

केवल मायाको जोडी रम्ने


केवल मायाको जोडी रम्ने एक शहर खोज्दैछु
दुवै हराउने यहाँ मिठो प्रहर खोज्दैछु

प्रेमको प्याला पिलाएर बचाउनेछु साथ दिन्छौ भने
मेरो आँखामा जुदाएर हेर्न सक्ने मिठो नजर खोज्दैछु

वसन्तमा फक्रिएको कोपिलाझै यौवन आखिर
रंगीचंगी पुतलीको उड्ने जस्तै लहर खोज्दैछु

बाँचुन्जेल यौटै मुटु अमर जोडी बनाउन
हाम्रो देह पछि पिरतीको बग्ने नहर खोज्दैछु

रामकृष्ण पौडेल अनायास
गजलकुञ्ज, भरतपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *