सुत्केरी ब्याथाले चिच्याई रहेकी मनमाया
आफ्नो मुर्त्युको कल्पना गरिरहेकी छ
बाँच्ने बिस्वास हराएको छ उसलाई
दुखाईको पीडा दोब्बर भएर होला
डाक्टरहरु तैनाथ छन्
अस्पतालले गगन छुनै आँटेको छ
ढोकामा आफन्तको घुईचोले
खचाखच भरिएको छ
सबैका हातमा दुध, हर्लिस, फलफुल, कपडा
बोक्नैनसक्ने गरि लिएका छन्
बाबुको दर्जा पाउनै लागेको खुशीमा
हर्के बिस्व युद्ध जितेको अनुभव गर्दै
आफु सफल पुरुषको कल्पना गर्दै छ,
मनमा सुनको महल बनाउदै
आकास, जुन, तारा सबैले सजाउदै छ
हर्केको मन महंगा स्कुल, कलेज
महँगो शिक्षाको खोजीमा जुटिसक्यो
सायद ऊसँग टन्न पैसा भएर होला ।
हर्केको जीवन देखेर
मेरी आमा कथाकी पात्र र
आमाको कहानी कथा जस्तो लाग्नु
मैले स्वाभाविकै ठान्दछु ।
उचाइ ले गगन छुन लागेको पहाडमा
घाँसका भारि बोकेर
काँडा घारी छिचोल्दै
नाङ्गा खुट्टा बाट बगेका
रगतका नालाले तिखा ढुंगा पखाल्दै
रगताम्य गुन्युंमा मलाइ पोको पारेर
एक हातले च्याप्दै
र
अर्को हातले भित्तो समाउदै
जंगली जनावरलाई चुनौती दिदै
घर सम्म ल्याई
तातो पानि सम्म खान नपाएकी आमाले
आफ्ना स्तन निचोर्दै
मेरो मुख भिजाएकी थिइन्
त्यति बेला मेरी आमालाई
अस्पतालको महँगो बेड, डक्टर र
भेट्ने आफन्त सबै
सपना जस्तो थियो ।
म निर्बस्त्र जमिनको धुलोमा
पछारिदै लड्दै कुकुरका छाउरा संग
खेल्दै हुर्की आज बयस्क आकारमा
आइपुग्दा
आफैलाई सपना जस्तै लागिरहेको हुन्छ
मेरा बा
लाहुरबाट फर्किदा
म छानो बिनाको पाठशालामा
बाह्रखरी सिक्न सक्ने भएको थिए
आमाले आफ्नो धोति च्यातेर
भोटो सिलाएर लगाईदिदा
गर्भले छाती फुलेर फुट्ला जस्तो हुन्थ्यो
जन्मिन नपाउदै न्यानो कपडाले
ढाकिएको मनमायाको छोरो
अझै बिरामी हुने डरमा
कैयौ रात नसुती
धेरै बिहानीहरु जन्माई रहेको छ हर्के ।
रामकृष्ण पौडेल अनायास
कबिडाँडा, भरतपुर
