थुन्यौ दिलको कारागारमा धरौटीमा छाड बरु
रिहा गर तारिख धाउँला कि त आजै मार बरु
उल्टै रिट हाल्यौ मेरो अदालतमा बयान सहित
माया प्रेमको मामिला हो आजै तिमी हार बरु
मनमा थुन्छु प्रेम पत्र सबुत प्रमाण देखाएर
पछुताउनु पर्ला हेर मुद्धा यतै पार बरु
रामकृष्ण पौडेल ”अनायास”
