Skip to content

जादु रैछ त्यो नजरमा


जादु रैछ त्यो नजरमा हेरेपछि बहकिन्छु
अधरको मुस्कान तिम्ले फेरेपछि बहकिन्छु

हराउछु आफै भित्र बनाउदै तिम्रो तस्वीर
यो आँखाले मनमा रुप केरेपछि बहकिन्छु

बर्बराउछु एक्लै अचेल सपनीमा हराउदै
आउथ्यौ तिमी आँचलले बेरेपछि बहकिन्छु

रामकृष्ण पौडेल अनायास

Leave a Reply

Your email address will not be published. Required fields are marked *