रामकृष्ण पौडेल अनायास
युवाको लागि मन बिसाउने चौतारी हो मौनता
पछिल्लो समय चितवन साहित्यमा निकै उर्बर भूमि बन्दै गैराखेको छ । हुन त यस अघि पनि चितवन साहित्यमा अगाडिनै थियो तर पछिल्लो समयमा चितवनका केही धेरै साहित्यिक व्यक्तित्व विश्व साहित्यको धरातलमा पुगिसकेकोले यस मानेमा साहित्यिक भूमि चितवन पनि मान्न सकिन्छ ।
चितवनको साहित्यिक माटोमा यो समयमा पाठकको मन मस्तिष्क हल्लाउने खालको आख्यानहरू प्रकाशित भैसकेर मदन पुरस्कार समेत हात पारेका छन् भने हालै मात्र प्रकाशित भएको चितवनका कवि सुमन घिमिरेको आख्यान ‘मौनताले’ पाठकको मौनतालाई नै तोडिदिएको छ ।
