रामकृष्ण पौडेल अनायास

कहिले भूकम्प त कहिले भेल

कहिले भूकम्प त कहिले भेल पसेर
जन्ता मरेका छन् सरकार ओझेल बसेर

बिचरा वालकहरू आमाको काख खोसिदा
हेरिरहेका थिए पुरिएको, पहाड खसेर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पढाएरै ठुलो बनाउछु

पढाएरै ठुलो बनाउछु छोरो भन्थे,बालाई कहिल्यै टेरिएन
अगेनामा भात कुरेकै हुन्थिन्, आमाको मन कहिल्यै फेरिएन

आँसु झारेरै रात कटाउथे ख्वाउथे आफू भोकै बसेर पनि
अहिले पछुताएर के गर्नु आमा-बाको ममता कहिल्यै देखिएन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुतलीको बिहे

जब हाम्रो प्रेमको
हृदयमा
जराहरू फिजारिएपछि थाहा भो
यौवनका रसहरू मूल बनेर
एक अर्कामा भिजाउदा
सागरको गहिराहिमा तरंगित छालहरूले
काउकुती लगाउदै गिज्याउँदा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लुकी लुकी नजर उतै

लुकी लुकी नजर उतै लगाउनु को मज्जा
बेग्लै हुन्छ जिस्क्याउदै फकाउनुको मज्जा

एक अर्काको नाम लेख्दै हिड्यौ ढुंगाभरि
त्यहीँ बसेर आउँथ्यो जुठो चखाउनुको मज्जा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म तिम्रै वरिपरि हेर

म तिम्रै वरिपरि हेर बग्दो बतासमा छु
जुन अनि तारालाई सोध निलो आकाशमा छु

मेरो याद जतिबेला आउने छ तिमीलाई
बोलाउनु तिम्रै आँखा नजिक आसपासमा छु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समयले रातारात महलमै पुर्याउँछ

समयले रातारात महलमै पुर्याउँछ फकिरलाई पनि
कमाउछन् रमाउछन् सडकमै पुर्याएको देख्छु अमिरलाई पनि

बा आमाको सम्पत्ति देखाएर साहुको पैसामा मोज गर्दा
जब लगान भर्न थाल्छ दोष देखाउँछ आफ्नै तक्दिरलाई पनि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेला, पर्म, लेकबेशी

मेला, पर्म, लेकबेशी बाह्रै यामहरूमा
आमाको जिन्दगी बित्यो चैते घामहरूमा

यो छोरो परदेशिएको कैयौ वर्ष बित्दा पनि
बाआमाको माया सधैं खोज्छु चिठी खामहरूमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

युवाको लागि मन बिसाउने चौतारी हो मौनता

पछिल्लो समय चितवन साहित्यमा निकै उर्बर भूमि बन्दै गैराखेको छ । हुन त यस अघि पनि चितवन साहित्यमा अगाडिनै थियो तर पछिल्लो समयमा चितवनका केही धेरै साहित्यिक व्यक्तित्व विश्व साहित्यको धरातलमा पुगिसकेकोले यस मानेमा साहित्यिक भूमि चितवन पनि मान्न सकिन्छ ।

चितवनको साहित्यिक माटोमा यो समयमा पाठकको मन मस्तिष्क हल्लाउने खालको आख्यानहरू प्रकाशित भैसकेर मदन पुरस्कार समेत हात पारेका छन् भने हालै मात्र प्रकाशित भएको चितवनका कवि सुमन घिमिरेको आख्यान ‘मौनताले’ पाठकको मौनतालाई नै तोडिदिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

माटोमा सपनाहरू

टाँसिएको
भित्तामा त्यो तस्विर
म निकालेर नियालिरहेछु

रहरलाई कुल्चिएर बाध्यताले
झिनो आशा र सपनाका खातहरू
झोलामा त्यो तस्विरसँगै
यादहरू कैद गरी
म खाडीको तातो मरूभूमिमा आफ्ना सपनाहरू खोज्न
एउटा यस्तो यात्रा तय गरिरहेको छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भन्छिन लिलाम गर्छु

भन्छिन लिलाम गर्छु राम्रो भाउ मिल्यो भने
मासिक आए राम्रै हुन्छ दाउ मिल्यो भने

व्यापार निकै फस्टाएको छ अचेल उन्को
ग्राहक थप्छु भन्थिन् नयाँ ठाउँ मिल्यो भने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्रान्तिकारी मनमाया

हिजो आमाहरू अँध्यारो कुवाँबाट
चिहाउदै मनमनै कल्पना गर्थे होलान्
यो जंजिरले बाधेको संस्कार
निरंकुशताको शासनभित्र
कतिन्जेल सीमित रहला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साइबर युग र प्रेम

तिमी र म त्यतिबेला पुग्थ्यौ
जति बेला घाम डुबुल्की मारेर
नदीबाट बाहिर निस्किए जस्तो देखिन्थ्यो
जसरी यौवनले भरिएकी युवती
पानीले भिजेको जिउमा टाँसिएका कपडाले
शरिरलाई देखाएको सुन्दरता र
धर्ती एउटै देखिए झैँ लाग्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रश्न

जहाँ
तिम्ले र मैले एउटै सपना देखेका थियौ
लुकामारि खेल्दा कैयौ पटक
अंगालोमा बेरिएका थियौ
जुन आकाशको बीचतिर पुग्दा पनि
हामी ताराहरूसँगै मुस्कुराउदै
यौवनका रसहरू छताछुल्ल भुईभरि छरेर
हराइरहेका थियौ
आज पनि उत्तिकै यादहरू घुमिरहेको छ आँखामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कमरेड

भूकम्पले चर्किएर बाँसको टेको लगाएको
घरभित्रको एउटा अँध्यारो कोठामा बसेर
म तिमीलाई लाल अभिवादन टक्रर्याउछु कमरेड
म मृत्युको आँगनमा बस्दा
तिमी महलको कुन कोठामा रूमलिएर
कुन पहाडियालाई भोकै राख्ने
कुन मधेशीको रगत बगाउने योजनामा
मस्त छौ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मनमाया

पूर्वको लाली र घामको क्षितिजले
धर्तीलाई नचुम्दै
रातभर नसुतेर
बिहानै उठ्छे मनमाया,

कम्मरमा पाँच फेरो पटुकी कस्दै
दुई पसर मकै र भटमास
गुन्युको टुप्पोमा बाँधेर
ठाडो उकालो लाग्छे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उस्ले पनि ठुलो सपना देखेको हुँदो हो

उस्ले पनि ठुलो सपना देखेको हुँदो हो
आमा भन्दै बाँच्न गोलि छेकेको हुँदो हो

मार्नु अघि आफ्नो छोराछोरि सम्झनु पर्थ्यो
कठै त्यो बालक पनि हाँस्दै खेलेको हुँदो हो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म मर्दा प्यारी

म मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर
सौभाग्य पुछी त्यो रातो साडी नपोल्नु बिर्सेर

आफन्त सबै बैरी नै बन्छन बिधवा देक्दा त !
आफ्नैलाई टोकीभन्दा नि फेरि नबोल्नु बिर्सेर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सायद ती ओठहरू अब

सायद ती ओठहरू अब मुस्कुराउने छैन
पक्कै तिज आउछ जान्छ दिदी आउने छैन

आफ्नै अस्तित्वो जलाएर अरुलाई पोल्दैछन्
छातीमै भाला रोपुन तर म शिर झुकाउने छैन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुस्कुराउदा तिमी अचेल

मुस्कुराउदा तिमी अचेल वसन्तको फूल लाग्छ
सपनीमा नदेख्दा नि मेरै ठुलो भुल लाग्छ

बिहानीको शीत बनी घामसँगै उदाउदा
दुई मुटु माया जोड्ने आँखा पनि पुल लाग्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •