बाँच्नको लागि केही गर्नु पर्छ यहाँ
साँच्चि गरिब भोक-भोकै मर्नु पर्छ यहाँ
पसिनाले गर्हो भिजाउदै मानो उब्जाउछ
त्यही पनि साहुलाई लगान भर्नु पर्छ यहाँ
कैयौ रात बितिसक्यो ननिदाएको हे प्रभु !
कतिबेला मर्ने हो बास सर्नु पर्छ यहाँ
रातारात नून सुनको मूल्यमा पुगेपछि
हातमुख जोर्न साहुकै शरण पर्नु पर्छ यहाँ /
रामकृष्ण पौडेल “अनायास”
गजलकुन्ज
