Skip to content

बाँच्नको लागि केही


बाँच्नको लागि केही गर्नु पर्छ यहाँ
साँच्चि गरिब भोक-भोकै मर्नु पर्छ यहाँ

पसिनाले गर्हो भिजाउदै मानो उब्जाउछ
त्यही पनि साहुलाई लगान भर्नु पर्छ यहाँ

कैयौ रात बितिसक्यो ननिदाएको हे प्रभु !
कतिबेला मर्ने हो बास सर्नु पर्छ यहाँ

रातारात नून सुनको मूल्यमा पुगेपछि
हातमुख जोर्न साहुकै शरण पर्नु पर्छ यहाँ /

रामकृष्ण पौडेल “अनायास”
गजलकुन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *