तारिख झेल्दै थिई फैसला आउँदै छ रे
मन भाँडिएकै थियो बरा ! सफाई पाउँदै छ रे
यौवनले मात्तिएर कतिको मन मार्दै हिन्थी
मुलुकी ऐन ज्यान मारेको “दफा २८” लाउँदै छ रे
हिरासतमा पर्दा फुच्ची धरौटीमा छुट्छु भन्थी
आखिर आज बिरहका जेलमा गीत गाउँदै छ रे
माया गर्नु अपराध होइन भन्दै बाहिर नारा लाउदै
पिरतीको मामिला हो जनमासमा छाउँदै छ रे
इमान्दार भई अदालतमा सबुत प्रमाण जुटाएर
निर्दोष साबित गराउन कट्घरामा धाउँदै छ रे