Skip to content

सक्दिन म सुन चाँदीले

  • by


सक्दिन म सुन चाँदीले भोरिएको डोली ल्याउन
माया दिन्छु नभन है टल्किने त्यो चोली ल्याउन

मन मुटु दिन सक्छु दिन्न झुटो संसार अब
माया भोर्न तयार छु खाली झोली ल्याउन

आदि गास बस्ने झुप्रो जसो तसो जोडौला भो
आतुर छु म सिउदो भर्ने सिन्दुरको होली ल्याउन

रामकृष्ण पौडेल ”अनायास ”
गज़लकुञ्ज, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *