Skip to content

आयु बढोस तिम्रो

  • by


आयु बढोस तिम्रो भन्दै मैले पूजा गर्दै थिए
तिम्रो नाममा भगवानलाई फूल प्रसाद भर्दै थिए

अग्निमा होम हाल्दै थियौ लगनगाँठो कस्दै आखिर
जीवन सफल होस् भन्दै, म अक्षता छर्दै थिए

गल्ती मेरै थियो बिश्वास गरे आफ्नो ठानी
सयौँ जूनी सँगै बाँच्ने बाचाको भर पर्दै थिए

सिंन्दुर पोते दुलहीको भेषमा कस्ती भैछौ आज
अन्तिम चोटि हेर्नु पर्ला भनी बेसी झर्दै थिए

जब सुन्छु नौमतिको धून नजिक आउदा आउदै
बियोगमा छट्पटिदै मुर्छा परी मर्दै थिए

रामकृष्ण पौडेल”अनयास”
गजलकुन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *