Skip to content

बिर्सुभन्दा याद आउछ

  • by


बिर्सुभन्दा याद आउछ बिताएका रातहरू
युगौ युग बाँच्छ भन्थ्यौ हामी दुईको साथहरू ।

बलेकै त ताप्छन् आगो निभेको के अर्थ छ
त्यसैले त एका एक दिन थाल्यौ घातहरू ।

जति पनि सहुँला म दुःख कष्ट परिआए
भन्ऩे हिजो तिमीनै हौ आज झिक्यौ हातहरू ।

हुर्कायौ रे सन्तान उस्को म त अँझै बियोगमा छु
सुहाग आखिर तिमीनै हौ भन्दै गर्थ्यौ बातहरू ।

रामकृष्ण पौडेल “अनायास”
गजलकुन्ज, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *