Skip to content


वर्षौदेखि जिन्दगीका धुनहरू जन्माइरहेको छ
पारि डाँडामा लुक्न दौडेको
घाम हेरेर उ,
आज पनि सपनाको सुन्दर कल्पना
गर्न पक्कै छाडेको छैन
सास रहुन्जेल आफ्नो रगत सुकाएर
अरुको अनुहारमा खुशी भर्न चाहन्छ
थोपा थोपा पसिनासँग
आफ्ना खुशीहरू पखालेर
दुनियाका ढोकाहरू चाहरिरहेको छ

घुम्ने मेचमाथि चिसो हावा खादै
इन्टरनेटको दुनियामा रमाइरहेको
एउटा विद्वानले कसरी बुझोस् त
उसको पसिनाको परिचय

सदियौदेखि बजाउदै आइरहेको छ
कहिले प्रेमका गीत गाउँछ
कहिले देश दुखेका ब्यथा
कहिले कुमारी आमाका कथा
तर उसको कथा कहिल्यै लेखियएनन्

ऊ सम्झिदै छ पुराना दिनहरू
उड्दै गएका चराहरू हेरेर टोलाउदै
जीवनको गीत गाइरहेको छ
सुम्सुम्याउदै औलाहरूले बाजा
तालहरू खोजिरहेको छ /

रामकृष्ण पौडेल ”अनायास”
भरतपुर -१३,कविडाँडा चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *