Skip to content

हामी दुईको बिचमा

  • by


हामी दुईको बिचमा सानु कुलघरान जात थियो
धनी गरिव आकाश पाताल संम्बन्धको बात थियो ।

मेरो हातको चल्ने भए बाँड्थे आधि गास पनि
बार्न खोज्नु चुलोचौको तिम्रो ठुलो मात थियो ।

धुरि खाम्बो भाँचिएको चुहिने खरको छानो मेरो
के निदाउथ्यौ खाने बस्ने भिन्ना भिन्नै खाट थियो ।

रगत एउटै भए पनि छुदा सुनपानी छर्कि
सम्पत्ति र जात दाँज्नु आखिर तिम्रो घात थियो ।

ईज्जत ढाक्ने एकहात बस्त्र मुख जोर्ने गास अनि
बाँचुन्जेल सहाराको खाँचो तिम्रो हात थियो ।

रामकृष्ण पौडेल अनयाँस
भरतपुर- १३, गजलकुन्ज
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *