Skip to content

आफैबाट आफैलाई धोका हुदैछ

  • by


आफैबाट आफैलाई धोका हुदैछ आज
जीवन आखिर पानीको फोका हुदैछ आज ।

मलाई बर्वाद गरी आफू रामाउछौ भने
तिम्रो माया हावाको झोका हुदैछ आज ।

आफ्नो ईच्छा पुरागरी बिचबाटोमै छाड्दा मलाई
जिन्दगी यो बेकामको खोका हुदैछ आज ।

आउछौ सुटुक्क जान्छौ रुवाएर घरिघरि
दुखेको यो मन खुल्ला, ढोका हुदैछ आज ।

रामकृष्ण पौडेल ”अनायास”
गजलकुन्ज
भरतपुर १३, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *