अझै फेरि बिद्रोहको राँको बाल्नु पर्छ
एउटा ठोस निर्णयको कदम चाल्नु पर्छ ।
दिनानु दिन महंगीले घाँटी थिची मार्दा यहाँ
अत्याचारी ज्यानमारा यो सरकार ढाल्नु पर्छ ।
सत्ता भत्ता पचाएर सदन छाडी नेता
पुरानै त्यो संबिधानलाई अब टाल्नु पर्छ ।
झुटो वाचा खाँदै आश, देखाउनेलाई आज
सबै जनता लाठी बोकी कुट्दै गाल्नु पर्छ ।
रामकृष्ण पौडेल”अनयास”
गजलकुन्ज

http://ramkrishnakapana.blogs
http://ramkrishnakapana.blogspot.com