Skip to content

चार मुक्तक (कतै आँशुको रारा ताल)

  • by


१)
कतै आँशुको रारा ताल छ
कतै रगतको आहाल छ
सान्ति बोकेर फेरि आऊ बुद्ध
मेरो देशको अति बेहाल छ
 
२)
आफ्नै टाउको फोडछन् लहै लहमा
कहिल्यै सुकेन आँशु आमाको गहमा
कस्को आँखा लाग्यो कठै मेरो नेपाललाई
गरीब निमुखा डुबेका छन् रगतको दहमा
 
 
३)
कोही अमिर जोगी छन्
कोही बेहद भोगी छन्
हेर्दा ठाँटिला सुकिलाहरू
नदेखिले मानसिक रोगी छन्
 
 
४)
महलमा बस्नेलाई के थाहा भोक कस्तो हुन्छ
दैवी मार नपर्नेलाई के थाहा शोक कस्तो हुन्छ
यो चराचर जगतमा जीवन कहाँ एकनास छर
काल कोठरीमा जिउनेलाई के थाहा लोक कस्तो हुन्छ ।

लक्ष्मी अनुरागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *