कुनै पल मनले सम्झायो कुनै पल मनलाई सम्झाएँ
बेदनाको साउने झरी पल पल नयनमा लुकाएँ
आशा जलेर राग भयो भरोषा सधैँलाई तोडियो
नाचाहँदा नाचाहँदै पनि जीवनको गोरेटो मोडियो
यात्राको हरेक मोडमा सम्झौतालाई मित बनाएँ
बेदनाको साउने झरी पल पल नयनमा लुकाएँ
जिउनलाई त जिएकै छु दिन रात तड्पिएर
खाटा बस्न पाएन घाउ झनै दुख्यो आलो भएर
अस्ताए धेरै खुसीहरू पर्खाइमा जिन्दगी बिताएँ
बेदनाको साउने झरी पल पल नयनमा लुकाएँ
