मायालु साथ चाहेकी थिएँ


मायालु साथ चाहेकी थिएँ के गल्ती गरें र
भरोसा तिम्रै लिएर जिएँ के गल्ती गरें र

भावना मेरो बुझेनौ कहिल्यै मान्यौ पराई
चिरियो मुटु दुखेर सिएँ के गल्ती गरें र

जिन्दगी भरी नछुट्ने कसम भुल्यौ सजिलै
पुरानो घाउ बल्झेर पिएँ के गल्ती गरें र

तिमीले छोयौ जुन र तारा म रहें भुईंमा
प्रेमको मूल्य चुकाइ दिएँ के गल्ती गरें र

रचना : लक्ष्मी अनुरागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “मायालु साथ चाहेकी थिएँ”

  1. लक्षमि जि याहाको रचना किन हो
    लक्षमि जि याहाको रचना किन हो मलाई मन पर्छ धेरै छन दिदि बहिनि त्याहा असाध्य मनै छुने लेख कबिता अनि गजल अनि गित लेख्छन् याहाको लेख म पड्ने गरेको छु सुन्दर लाग्छ् कला सबै मा कहा प्रष्फुटन हुन्छ र जे होस सुन्दर रचना याहाहरुको पड्न पाईयोस मेरो यहि शुभ-कामना —–(भर्भराउदो सपनाको तस्बिर आंखा मा टास्नु परेको छ ,धेरै पल्ट च्यातिएछ फेरि पनि जिन्दगि गास्नु परेको छ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *