उसले मलाई इसारा गर्यो
मैले हात समाएर साथ दिएँ
चिर निद्राको लागि अनुमति माग्यो
बिचल्लित हुँदै अस्वीकृति दिएँ
म यसै कल्पिएँ
झर्झारौउँदो, भर्भराउँदो जिन्दगी
बेखवर मक्किएर, फोस्रिएर झरिदिन्छ
समयलाई देख्ने र चिन्ने सामर्थ्य कोसँग छर ?
जोडले कसेको आभास भयो
म झस्किएँ
अनि उसलाई गहिरिएर हेरें
लर्बरिएको स्वरले आमालाई पुकार्दै थियो
जीवन साथीको चिन्तामा डुबेको थियो
मलाई भुइचालो आए जस्तो लाग्यो
नेपथ्यमा कसैको कारुणिक रोदन सुनियो
यी आँखाका नानीलाई बादलले ढाकिदियो
जीवन पानी पानी भए झैं लाग्यो
चिसिएको मनलाई सम्हाल्दै
उस्को शरीर सुम्सुम्याए,
निमेस मै उत मृत्युको साथी भैसकेछ
यो संसारबाट धेरै टाढा गइसकेछ
अब हामीसँग उस्को सम्झना मात्र बाँकी छ
केवल उस्को सम्झना मात्र बाँकी छ ।
रचना : लक्ष्मी अनुरागी