साँझ उदास छ दिन उदास छ
हर रात हर छिन उदास छ
रंग उँडेको तस्वीर झैँ
थाहा छैन मन किन उदास छ
तिम्रो याद भए पुग्छ एक जुनी काट्नलाई
साथसँगै चाहिंदैन मन मुटु साट्नलाई
यो जिन्दगी प्रकृतिको सुन्दर उपहार हो
एक पल दिए पुग्छ मायाँ चुल्ठी बाट्नलाई
आज नरोक यो चाहातलाई
बिन्ती नटार मेरो बातलाई
यस्तो मौसम फेरि नछाउला
आऊ सम्हाल मेरो साथलाई
लक्ष्मी अनुरागी
