Skip to content

सिमसार थियो


प्रेमलीला रचाउने सिमसार छुट्यो
मदहोस बनाउने सिमसार छुट्यो

बादलुको घुम्टो ओढी लुकामारी खेल्दै
पंक्षीहरू रमाउने सिमसार छुट्यो

इन्द्रेणीको रङ्गसँगै लुटुपुटु गर्दै
परीलाई हँसाउने सिमसार छुट्यो

चाँदनीको चाँदभित्र आफूलाई खोज्दै
ढुङ्गा पनि रसाउने सिमसार छुट्यो

संसार नै बिर्सिएर प्रीत प्याला भर्दै
जिन्दगानी सजाउने सिमसार छुट्यो

लक्ष्मी पोखरेल
हाल इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *