Skip to content

जे भन्यौ ठिकै भन्यौ

  • by


सुस्तरी मनको दरबार मक्कियो
फेरि हेर्दा हेर्दै सबै भत्कियो
थाहै छैन कहिले र कसरी यस्तो भयो
ठिकै छ मलाई गुनासो पनि छैन
किनकि,
नहुनु थियो भइसक्यो, नजानु थियो गैसक्यो
न त अब फर्किएर आउँछ, न त केही बन्न सक्छ
मैले गहिरिएर धेरै सोचेँ ! हो तिमीले ठिकै भन्यौ
म तिम्रो नजरमा खाते थिएँ
अहिले पनि खाते नै छु
मसँग केही छँदै छैन, फगत म मात्र छु
त्यसैले त भन्छु मलाई जे भन्यौ ठिकै भन्यौ
आमाको गर्भबाट रुँदै बाहिरिंदा
यो धर्तीलाई खालि हात स्पर्स गरेकी थिएँ
रंगमंचको म त केवल एक रंगकर्मी हुँ
फरक फरक पात्रको भूमिका निभाइरहेकी छु
सही ठेगानामा मेरो फर्किने दिन जब आउँछ
तब आगोको लप्कासँगै खालि हात जानेछु
तिमीले जे देख्यो त्यही भन्यौ
यसमा तिम्रो केही दोष छैन
त्यसैले त भन्छु मलाई जे भन्यो ठिकै भन्यौ
सुन चाँदी मेरो भागमा थिएन
ऐस आराम मदेखि कोसौं टाढा थियो
मखमली चोली र रेसमको सारीमा सजिने सपना बुन्दिन थिएँ
एक दामको मुहार कस्तो हुन्छ मलाई थाहा थिएन
ऊ बेला बाटोमा टोकरी बोकेर नबसे पनि भिखारी नै थिएँ
अहिले पनि मसँग कुनै कुबेरको भण्डार छैन
पसिना बगाएर सास धान्दै छु
जति मिल्छ त्यतिले चित्त बुझाउँदै छु
मेरो झोली सुन्य छ रित्तो रित्तो छ
त्यसैले त भन्छु मलाई जे भन्यौ ठिकै भन्यौ
त्यसैले त भन्छु मलाई जे भन्यौ ठिकै भन्यौ ।

लक्ष्मी अनुरागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *