Skip to content

बसन्ती वहार छायो

  • by


बसन्ती वहार छायो तिमीलाई देखेपछि
फेरि बाँच्ने रहर जाग्यो तिमीसँग भेटेपछि

रुझेको परेली पुछ्दै हाँस्न सिकायौ मलाई
टुक्रिएको मुटु पनि गाँस्न सिकायौ मलाई
मेरो संघार उज्यालो भयो तिमीले टेकेपछि
फेरि बाँच्ने रहर जाग्यो तिमीसँग भेटेपछि

बेदनाले कसेको बेला साथ दियौ तिमीले
भूमरीमा फँसेको थिएँ हात दियौ तिमीले
मनले तिम्रो प्रीत माग्यो मेरो घाउ सकेपछि
फेरि बाँच्ने रहर जाग्यो तिमीसँग भेटेपछि

लक्ष्मी अनुरागी
काठमाडौँ कपन
हाल -इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *