Skip to content

बिजु सुवेदी (विजय)

बाढी

पुल छोप्ने गरी खोला बढ्यो ।
(सबैजना आत्तिएर चिच्याइरह्या ।)
हाम्रोमा बाँध छैन नि त्यसैले
हरेक साल यस्तै त्रास छ
ब्यारेजको ढोका खोल्नु नि फेरि विस्तारवादको अनुमति चाहिने होला फेरि
निन्द्रामा पनि ऐठन हुन्छ साला
अब तमासा नदेखाऊ
बाँध बनाऊ ठीक हुन्छ, ब्यारेज खोल ठीक हुन्छ
एक वर्षमा राहत सामग्रीले जत्ति पनि पर्याप्त छ
यो साललाई भयो भयो अर्को साललाई गर सालाहरु
हेरहेर वस्ती नै बगाए जस्तो छ
पलङ, बाइक, गुन्द्री, गाइभैँसी, खतारा पार्टस,
हेर हेर मान्छे पनि थुप्रै पौडन नजान्नेहरु बगाए्
पौडन नजानेर होइन थला परेर हो
कति त निन्द्रामै थिए होलान् त्यसैले होला

कविता (मृत्यु)

आउनु ,जानु
भेट्नु , छुट्नु
अल्झनु , फुत्किनु
समीप, टाढा
लाभ, हानी
विग्रनु , सुल्झनु
नैरास्यता, घमण्ड
रिस डाहा, प्रेम विश्वास
नरम, कठोर
बेसोमती, मनकारि
साँचो, झुटो
कहिले प्रभात
कहिले निशा
पत्र पत्र जस्तो
रावणका टाउकाहरु झरेपनि हुनेजस्तो
यो संसार हो माया नगरी

यसलाई छोडी
वास्तविक जीवनतिर फर्किने यात्रा
जसलाई हामी मृत्यु भन्छौं

तेरोेमरो यदि केही छैन भने
जीवन कर्म त्यो सच्चा हो
लिएर जाने त के छ र यहाँ
दिएर जान्छ जसले उसैले लिएर जान्छ

त्यही एउटा अटुट कर्म फल नै त हो
यदि हाम्रो भन्ने जब भाव आउँछ
तब दुःख सदा भाग्नेछ
सुख आफै दैलोमा आउने छ

इमानदारिता नै कर्ण हार्नुका कारण

महाभारतकालका युगपुरुष थिए कर्ण । उनी सबैभन्दा श्रेष्ठ भएर पनि सबैभन्दा चेपुवामा पर्ने व्यक्ति पनि थिए । उनी हरेक कुरामा निपुण थिए । कर्तव्यपरायणता, इमानदारिताका त उनी खानी नै थिए । पौराणिक इतिहास माहाभारतमा उल्लेख गरिएका कथनहरुका आधारमा यहाँ कर्णको हारका कारण केलाउने प्रयास गरिएको छ ।

दम्वोद्भवले सूर्यदेवको अत्यन्तै ठुलो तप गर्यो । सूर्यदेव प्रसन्न भएर प्रकट भई वरदान मागभन्दा उसले ‘अमरत्व’को वरदान माग्यो । सूर्यदेवले यो सम्भव छैन भने ।

(बुद्धिचाल एक अध्ययन)

बुद्धिचाल, शतरञ्ज अर्थात चेस । यो खेललाई हाम्रो देश नेपालमा बुद्धिचाल, भारतमा शतरञ्ज तथा अन्य प्रायः देशहरुमा चेस नै भनिने भएकोले यस लेखमा चेस भनेर नै यो विश्लेषणात्मक लेख प्रस्तुत गरेको छु । अरु सबै खेलभन्दा चेस बौद्धिक खेल हो । दिनमा एक पटक चेस खेल्नु भएमा आफ्नो दिमाग कहिल्यै बुढो हुँदैन , सम्पुर्ण जीवनकालमा सोह्र वर्षे व्यक्तिले जस्तै दिमाग राम्ररी प्रयोग गर्न सकिन्छ । हाम्रो पौराणिक कथाहरुमा पनि चेस रावणले आविष्कार गरेको भन्ने उल्लेख पाइन्छ । विश्वमा पहिलो प्रकाशित पुस्तक ट्रोजन हर्षको सिरिज हो भने दोस्रो चेसकै हो । चेस अहिलेको जमानामा कम्प्युटर, अनलाइन, गेम आदिमार्फत पनि खेल्न सकिन्छ । वि

नेपालको राष्ट्रिय गान

यो देश मलाई प्यारो लाग्छ, धेरै धेरै प्यारो लाग्छ–२
“यो मेरो देश, यो हो मेरो जन्मभूमि
यो मेरो माटो, यो हो हाम्रो देश नेपाल”–२
यो देश मलाई प्यारो लाग्छ, धेरै धेरै प्यारो लाग्छ

भोट केमा ?

—भोट कहाँ खसाल्नुहुन्छ ?

—मत पेटिकामा ।

—छाप कहाँ राख्नुहुन्छ नि ?

—मतपत्रमा ।

—भोट कसलाई दिनुहुन्छ ?

—राम्रालाई ।

—तपाईं त साह्रै बाठो हुनुहुन्छ ।

—यही त हो नि गोप्य मतदान भनेको ।

—भन्दा फरक पर्छ र ?

—पर्छ नि ! किन चित्त नबुझेकाहरुसँग बैरभाव गर्ने । बरु तपाईं पनि गोप्य नै राख्नुहोस् ।

—अनि पछि जो जित्यो उसैलाई राखेको भन्नलाई ?

—त्यस्तो पनि होइन । यो अधिकारको प्रयोग हो । यो मौलिक हकअन्तर्गत पर्दछ ।

—अनि बहिस्कारवादीजस्तो देखियो नि ? के भन्नुहुन्छ यसबारेमा ? अब त फस्नुभो तपाईं ।

बुढो जवान

बुढोको दिमागमा जवानको शरीर चाहिन्छ ।
जवानको शरीरमा बुढोको दिमाग चाहिन्छ ।

खारिएको अनुभव आफूले पोख्न पाउनुपर्छ
अनि पो विकासको गति तीब्र हुन पाउँछ
हे दुनियाँका महान आविष्कारकहरू !
बनाइदेऊ बुढोको दिमागमा जवानको शरीर
बनाइदेऊ जवानको शरीरमा बुढोको दिमाग

देश बनाऊ

पाइखानाको ढोका बन्द गर्नुपर्छ भनिरहने
भन्दा पनि नमानेमा आफैले गरिरहने
फोहोर सफा गर्नुपर्छ भनिरहने
भनेर पनि नमानेमा आफैले गरिरहने
गरिरहेछ , उसले एकोहोरो गरिरहेछ

तर समाजलाई यसको वास्तै छैन
तर उसलाई समाज सुधार्ने वास्ता छ
भन्नेले भन्दै गर्छन् “ काग कराउँदै गर्छ ।
हामी सेताहरुलाई के का मतलब ?”

तर ऊ सेतो हो
निश्छल सेतो हो
पानी हाँसजस्तै फरक छुट्याउन सक्ने खालको
ऊ सोच्छ , गर्छ हेराइले , अनि राम्रो काम गर्छ
अरुको बहकाउको सुनाइले होइन
अरुको बहकाउको मनाहिले होइन
बरु अरु जम्मै काला छन्

मन कत्ति सफा छ हगी ! हेर त उसको
समाजले उसलाई पागल ! महापागल ! भने पनि

पढ मेरा भाइ बैना

मेरो व्यथा नै कुनै नबुझिदिएपछि
मेरो विचार नै कुनै नसुनिएपछि
मैले मभन्दा तिमी सानै भए पनि
मैले मभन्दा तिमीलाई मानै दिए पनि
मेरो हाम्रो भन्ने समस्या तिमीले नसुनेपछि
तिम्रो कागजी घोडाको बुजुर्वा डिग्री नै भए पनि
तिमीमा विवेक शून्य देखेपछि
तिमीलाई अनपढ गँवार भन्न करै लाग्यो

प्रेम र जीवन

बुझिदियौं हामी दुबैले प्रेमको परिभाषा
बुझिदियौं हामी दुबैले जीवनको परिभाषा

अलिकति तिमीले नसम्झिएको प्रेम
अलिकति मैले नसम्झिएको प्रेम
मैले नसम्झिएको प्रेम तिमीले बुझाउँदा
तिमीले नसम्झिएको प्रेम मैले बुझाउँदा
बनीगयो समग्र प्रेम
बुझिदियौं हामी दुबैले प्रेमको परिभाषा

अलिकति तिमलिे नबुझेको जीवन
अलिकति मैले नबुझेको जीवन
मैले नबुझेको जीवन तिमीले बुझाउँदा
तिमीले नबुझेको जीवन मैले बुझाउँदा
बनीगयो हाम्रो जीवन
बुझिदियौं हामी दुबैले जीवनको परिभाषा

बिजु सुवेदी “विजय”
bijusubedi@gmail.com

पुनर्मिलन (लघुकथा )

फेसबुकमा एक्लाएक्लै मस्त मानिसहरु । परिवारबाट अलग । सबै आ–आफ्नै धुनमा मस्त । इन्टरनेटको लाइन गयो । सबैजना एक्जुट हुन थाले “खै खै राउटर चेक गरुँ त ?, खै खै माइनेटवर्क चेक गरुँ त ।” सबै परिवारको नेटको लाइन अफमा मिलन भयो । सबै घरमा दाजुभाइ, दिदीबहिनी, काकाकाकी, आमाबुबा बीच एक आपसमा कुराकानी हुन थाल्यो । जस्तो विछोड पछिको मीलन जस्तो ।

धनको भारी

धनको भारी मनको छोटो छैन नि चहक ।
चम्किने सिक्का भएर खोटो छैन नि मूल्य त ।।

जेको नि लोभ बैगुनी माया विकाउ सर्वत्र
इमान छैन जमान छैन लालच बढोत्त
नेताझन् ठग जनता चूप भएर अब त
कर्तव्य छैन कर्मको त के कलङ्की औतार

काग तिहार

मिर्मिरे भयो सधैझैंै आयो संकेत लिएर
सुबोल काग सुबोल काग असल बोल न

कागले राम्रो कुराको सबै खबर दिन्छ नि
खराब हुने कुराको पनि सूचना दिन्छ नि
कागले थाहा भएको हुन्छ पहिल्यै यी कुरा
त्यसैले काग सूचीत गर्न संकेत दिन्छ नि

प्रलय हुँदा काग नै बाँच्छ अरु त सखाप
भुसुण्डी काग अनन्त भनी बराजु सम्झन्छौं
समय यन्त्र हो काग भन्छौं सूचना दिनाले
नहेपौं अब बकुल्ला बीच काग छ भनेर

काग हो गुणी फोहोर सफा गर्दछ यसले
काग हो सोझो पाल्दछ सधैं कोइली बचेरो
झुण्डका झुण्ड कागको सधैं वथान लम्कन्छ
आपत परे बैरीको चाला मेटाई छोड्दछ

सुरम्य घडी पहिलो दिन कागको तिहार
मिष्टान्न मेवा चढाई अर्पी सुबोल भन्दछौ

प्रवृत्ति (लघु-कथा)

एकदिन शहरमा बस्ने दिपकको बिहे गाउँकी एउटी केटीसँग भयो । एकदिन ऊ श्रीमतीसहित पहिलोपटक दशैंमा टीका थाप्न सासू ससुराकहाँ गयो । ऊ शहरको कोलाहल, प्रदुषणदेखि वाक्कदिक्क भएकाले गाउँमा औधी रमाइरहेको थियो । उनकी श्रीमती भने ऊ दङ्ग परेको देखेर रमाइरहेकी थिइन् । उसलाई देख्ने वित्तिक्कै उसलाई ससुराले सोध्यो :– हजुरलाई गाउँ त साह्रै नियास्रो लाग्यो होला ? केही सुविधा भएको होइन यहाँ ज्वाईंसाहेब ।

हिँसात्मक प्रवृत्ति त्यागौं

शास्त्र मानव सभ्यताको मूल श्रोत हो । सम्पूर्ण वेदको सार मानिने भागवतमा “अहिँसा परमोधर्म” अर्थात अहिँसानै सबैभन्दा ठूलो धर्म हो भन्ने उल्लेख छ र यस्ता प्रमाणहरू थुप्रै पाइन्छन् । त्यस्तै मनुस्मृतिमा “मधुपर्केच यज्ञंच पितृदेवत कर्माणी अजैव पशवो हिँसा नान्यत्रेत्य प्रवित्मनु ” अर्थात देवकार्य र पितृकार्यमा पाशविक प्रवृत्तिको हिँसा इत्यादि त्याग गर्नुपर्छ भन्ने उल्लेख छ । वैदिक सनातन धर्ममा हिँसालाई नकारात्मक रुपमै हेरेका देखिन्छ ।

चन्दाको सिद्धान्त (खण्ड-काव्य)

चन्द्र मोहिनी नै हुन् चन्दा पहिलो नजरमै दिल चोर्ने
क्षितिजको सपनी बिपनीलाई पनि भङ्ग पार्ने ।

क्षितिज भन्छ– “अब चन्दा मसँग जस्तोसुकै परीक्षा लेऊ
ज्यानै दिन तयार छु , आइदेऊ क्षितिजको छेउ ।”

विभेद (लघुकथा)

हेर न गौरी कस्ता छन् पुरुष कर्मचरीहरू “काम गर्न गाह्रो भो, यस्तो दुःख त खाडीमा कामगर्दा पनि हुँदैन । भोलिदेखि काम गर्न वालै आउँदिन” भनेर घुक्र्याको घुक्र्यायै गर्छन् र कहिल्यै समयमा कार्यालयमा पनि आउँदैनन्, कार्यालयबाट छिटो पनि जान्छन्, बिदा पनि मागिरहन्छन् अनि काममा पनि औषत नतिजा मात्र निकाल्छन् । “उनीहरुका लागि श्रम शिविर रे यो कार्यालय ।”

त्यही सुनेर नम्रताले भनिन् “ हो नि गौरी ! हामी नारीहरुले पनि सोही काममा त्यत्ति नै श्रम गर्छौं उनीहरुलेभन्दा राम्रो नतिजा पनि निकाल्छौं तर कस्ता छन् यी पुरुषहरू !”

को ठूलो ? (लघु कथा )

गोपालीलाई सानैदेखि बाँसुरी बजाउन साह्रै मनपथ्र्यो । ठूलो भएपछि उनले बाँसुरी बजाउन ठूलाठूला बाँसुरीबादकहरुकहाँ चहारे र सिक्दै पनि गए । तर जत्ति सिक्दा पनि जुन गुरुबट पनि “अझै भएन, अझै भएन ” भन्ने मात्र गुनासो सुन्नु पथ्र्यो । हुनत गोपालीले प्रयास नगरेका होइनन् । तर गुरुले “यो मिलेन ऊ मिलेन” भनेकाले गर्दा उनले कुनै पनि कार्यक्रममा भाग लिएर धन आर्जन गर्न पाएनन् ।