Skip to content

बिजु सुवेदी (विजय)

हिम्मत कस

कसैले जब रोक्दछ बाटो गन्तव्य देखिन्न ।
दिलले भन्छ हिम्मत कस निराश होइन्न ।।

नभन आश निराश भनी नरोक कसैले ।
पाइन गर्छन् यत्ति त जान जुझेर सबैले ।
दियो नै निभे संकट आए नडग किमार्थ ।
दिनु नै पर्छ प्रगति खातिर हरेक उत्सर्ग ।

भाषा शुद्धी अभियान

सर ! हामी भाषा शुद्धी अभियानमा चेतना जगाइरहेका छौं । सरलाई हामीले पहिले पनि थुप्रै सुझाव दिएका थियौं तर हामीलाई योभन्दा दुःख लाग्छ कि सरले एउटा कमा पनि एताको उता चेन्ज गर्नु भएन ।

भाइले भन्नुभएको ठिक थिएन, त्यसैले मैले एउटा डिको पनि परिवर्तन गरिन । जस्तो कि बिनामेहनत लेख्दा यसरी नै लेखिन्छ । बिना र मेहनत छुट्याएर लेखिन्न । मान्छेहरूलाई अरुलाई ठिक छैन भनेर प्रतिक्रिया दिएपछि आफू ठुलो हुने भ्रम छ । तपाईंहरूमा पनि यस्तो छ । तपाईंको एउटा पनि सुझाव ठिक थिएन के गर्ने मैले । अबमा यस्तो नगर्नुहोला ल भाइ ?

बुबा (गीति कविता)

हे बुबा ! भनीे आदर गर्छु सधैं नै सम्झन्छु ।
आकाशभन्दा विशाल छौ नि गर्वले रम्दछु ।।

गरेको छैन कहिल्यै पनि रुखो र पिरले,
गर्दछु सधैं आदर तिम्रो सफा नै दिलले ।
पाकेको माया गर्दछु तिम्रो धड्कन धड्काई,
अपुरो काँचो मायाले कबै हुँदैन सफाइ ।

छातीमा भाला भो

यो दिललाई भएन सञ्चो विषको प्याला भो ।
भो राम्रो काम गर्छु निभन्दा छातीमा भाला भो ।।

पैसाले सब पाइन्छ यहाँ यो त हो सहर,
पाइन्न दिल म भएँ एक्लो हरेक प्रहर ।
झूठको मुठ्ठी ठुलो छ हरे बहकिरहेछु,
नौटङ्की घेरा चक्रमा परी फन्दामा परेछु ।

स्वाद रङ्गी छ

कस्तो जिन्दगी ! हेर्दा सादा छ ।
सोच प्रिज्मले, स्वाद रङ्गी छ ।।

आँसु पनि छ, खुसी पनि छ
दोष पनि छ, गुण पनि छ
काँडा पनि छ, फूल पनि छ
दुःख पनि छ,सुख पनि छ

kjullapatra

सम्माननीय प्रधानमन्त्री प्रचण्डजीलाई खुल्ला-पत्र

प्यारो सम्माननीय नेता प्रधानमन्त्री प्रचण्डजी !

आजको यस घडीमा मैले अहिले सर्वसाधारण आम नेपालीजनताको प्रतिनिधि भएर जिम्मेवार व्यक्तिको हैसियतले हाम्रो देश नेपालको प्रगतीका लागि निम्नलिखित अत्यावश्यक केही सल्लाह सुझावहरु तपाईंले नेपालको नेतृत्त्व सम्हालि रहनुभएको सम्माननीय प्रधानमन्त्री भएको नाताले पेश गरेको छु ।

सहिद

दुनियाँ स्वार्थी मैमत्त सधैं यस्तो छ जमाना
जलाई दिल मनन गर्छ दुःखीकोे भावना
अरुका लागि जिउँछ सर्धैं निःस्वार्थ बन्दछ
किमार्थ कतै बहकी कबै दिपक छर्दछ

मानव कत्ति फरक

मानव कत्ति फरक हेर भेसक्यो लफङ्गा
जता नि हेर्यो त्यता नि देख्छु बेसर्मी ऊ नङ्गा
झगडा गर्ने लुटेर खाने ताण्डव जता नि
धर्मको भेष भ्रमको खेती पाखण्ड जता नि

जीवन चक्र रोकेर देखा

हिउँद पनि दर्दले गर्मीे उदासी अवस्था
बहाई सधैं रापमा चर्को रक्तको पसिना

दुनियाँ मौजी अघाई खाई चौरासी मिष्ठान्न
बाँच्नका लागि जहिल्यै पनि फुक्का नि हुन्न
रोटीको काल जिउँका तिउँ गरिब मर्दैछन्
दुःखःको पहाड कठिन गरी आँसुले तर्दैछन्

पहिलो मायाको ठाउँ

तिम्रो यो दिल सम्हालेँ हेर प्रेमले भरेर ।
दिन्छु म दिल साँचेर राख बदला गरेर ।।

भेट्ने भो पक्का जहिल्यै सधैं मायाको त्यो गाउँ,
संगत हाम्रो भएको सुरु सुप्रिय त्यो ठाउँ ।
प्रणय दिल चलाई झुमी बेगले डेगले,
दिनका दिन मलाई भेट प्रेमले प्रेमले ।

प्यारो गाउँ

कतिमा राम्रो गाउँ यो प्यारो खुसीले झुम्दैछु
धरती राम्रो, आकाश राम्रो लागेको आजै हो
सुवास हावा लाग्यो नि हेर फरर शीत्तल
प्रेमकी खानी प्रकृति यहीँ जननी सबैका

विरुवा बोट पशु र पञ्छी भएका फुरुङ्ग
त्यसैले म त बनाई घर बस्नेछु यहीँ नि
रङ्गले सयौं रङ्गिन फूल फक्रेका गजब
यहाँका हर वासिन्दा फूलै लाग्यो नि मलाई

घडी बन्द (लघु कथा)

जिउँदोमा काँध दिने कोही छैनन् बरिलै यो संसारमा । मरेपछि काँध दिन जो पनि तँछाडमछाड गर्छन् हरे ! धार्मिकताको यो कलङ्क स्वार्थी दुनियाँ ! हो दीपक छैन आज यो संसारमा ।

वर्षौं भयो उसको विश्वको नंबर एक स्वीस घडी बिग्रिएको । एउटा जस्तो घडी पनि बनाउन सक्छु भन्ने घमण्डी घडी मेकानिकले बनाउने भनेर लगेको थियो तर ऊ पनि हार खाएर त्यहीँ त्यो घडी बनाउन सकिएन माफ गर भनी गिडगिडाउँदै छ उसको लासको अगाडि ।

उठ युवा

हे युवा तिम्रो काँधमा धेरै धर्तीको भार छ
तिमीले आज गरेनौ भने जिन्दगी बिग्रिन्छ
सक्षम तिमी सपार्नलाई हरेक मेसोको
तर यो कुरा तिमीले हेक्का गरेनौ किन नि

जमाना (लघु कथा )

कृष्णको जमाना

हरिले आफूलाई निकै ठुलो क्रान्तिकारी भन्थ्यो तर उसको छोरो कृष्णले हरिको रुढीवादी विचारसँग धेरै सङ्घर्ष गरेर आफू क्रान्तिकारी बनेको भन्थ्यो ।

रामको जमाना

रामले आफ्नो बुबा कृष्णको रुढीवादी विचारलाई लत्याउँदै धेरै सङ्घर्ष गरेर आफूलाई निकै ठुलो क्रान्तिकारी सावित गरेको भन्थ्यो ।

बाबालाई पत्र (कथा )

बाबा तपाईं आरामै हुनुहुन्छ ? साह्रै खुसी लाग्यो । मलाई यति साह्रो तकलिफ गरेर हेरचाह गर्न फेरि आउनु भएकोमा । दुनियाँ स्वार्थी छ । तपाईंको मुसुमुसु चेहराको सम्झनाको झोँकाले तपाईं आउनु भो भन्ने थाहा पाएँ, मैले साथ पाएँ । तपाईंको दुनियाँ र मेरो दुनियाँ फरक छ । मैले तपाईंलाई भ्रूणको हत्या नगरौंबाट मेरो पहिलो सन्तानलाई भेटेसरी भेट्ने चाहना राखेको थिएँ तर त्यो बाटोमा जानु अगाडि नै तपाईं आइपुग्नु भो । यत्ति साह्रो आजसम्म पनि मलाई हेरचाह गर्नुहुन्छ । यो मैले सोचेको पनि छैन । तपाईंले सोच्नु होला मलाई कत्ति डर लाग्छ भनेर । तर होइन म कुनै पनि डर मान्दिन । बरु तपाईंको मुस्कान मलाई मनपर्छ । तपाईं अग्रज हुनुहुन्छ । तपाईंको भुसुनाको रुप देखेँ । तपाईंको बत्तीकीराको रुप देखेँ बिपनीमा भने सपनीमा लेटिएको उत्तराङ्ग सशरीर साक्षात दर्शन पाएँ ।

गणतन्त्र

पैसठ्ठी जेठ पन्ध्रमा तिमी आयौ
साँच्चै आम जनताको दैलोमा चाहिँ कहिले आउँछौ
बालुवा चाल्ने कहाँ चाहिँ कहिले आउँछौ
गिट्टी कुट्ने कहाँ चाहिँ कहिले आउँछौ
मालिकको दासता भएको ठाउँमा चाहिँ कहिले आउँछौ

डटेर लौ जुट (गीति कविता)

दुःखी हो जाग, हकका लागि गर्जेर लौ उठ ।
नाप्पियो पाप बचाऊ धर्म डटेर लौ जुट ।।

समान हुन दरिलो मुटु गर्नुछ सबले ।
पछाडि हटी डराई बस्न हुन्ननि अबले ।
भलाइ गर नगर आश कर्ममा लम्क न ।
फलको चिन्ता गरेर हुन्न पौरखी बन न ।

बुबा-आमाको विवाहको ५०वर्ष स्वर्ण जयन्ती

पचास वर्षको गहिराइको हेरचाह
सदाको, आशा र एकआपसका सदा साथ
माया प्रेमको गोरेटोमा साथसाथ यात्रा अनवरत
एकआपसको हेरचाह एकदम समीपसम्म
पचासौं करोडदेखि अनन्त माइलको हिँडाइ अनवरत
थुप्रै माया र खुसी अँझै भण्डारण कायम
आजको यो सुनौलो दिन

नववर्ष

क्रमशः वितिरहेको जिन्दगीमा एउटा नयाँ दिवस आउँछ भने, चारैतिर नयाँ आल्हाद आउँछ भने, सर्वत्र सबैले अभिनन्दन गर्छन् भने हो ! त्यो हो नयाँ वर्ष । गाउन मनलाग्छ गीत नयाँ भने, मुग्ध पार्ने प्रभात जो पदार्पण गर्छ भने त्यो हो नयाँ वर्ष । आशाको नवीन अध्याय सुरुवात हुन्छ भने, सुन्दर आयोजना रोजको आह्वान हुन्छ भने, नयाँ विश्वास सर्वत्र छाउँछ भने त्यो हो नयाँ वर्ष । प्रकृतिदेवीको रङ्गमञ्चका कठपुतलीहरूको राम्रो धेरै राम्रो जिन्दगीको मञ्चन हुन्छ भने त्यो हो नयाँ वर्ष । नयाँ प्रभात लिएर, नयाँ सोपान लिएर दृश्यपान गर्ने रहर जो जाग्छ भने त्यो समय हो नयाँ वर्ष ।