बिजु सुवेदी (विजय)
भाषा शुद्धी अभियान
सर ! हामी भाषा शुद्धी अभियानमा चेतना जगाइरहेका छौं । सरलाई हामीले पहिले पनि थुप्रै सुझाव दिएका थियौं तर हामीलाई योभन्दा दुःख लाग्छ कि सरले एउटा कमा पनि एताको उता चेन्ज गर्नु भएन ।
भाइले भन्नुभएको ठिक थिएन, त्यसैले मैले एउटा डिको पनि परिवर्तन गरिन । जस्तो कि बिनामेहनत लेख्दा यसरी नै लेखिन्छ । बिना र मेहनत छुट्याएर लेखिन्न । मान्छेहरूलाई अरुलाई ठिक छैन भनेर प्रतिक्रिया दिएपछि आफू ठुलो हुने भ्रम छ । तपाईंहरूमा पनि यस्तो छ । तपाईंको एउटा पनि सुझाव ठिक थिएन के गर्ने मैले । अबमा यस्तो नगर्नुहोला ल भाइ ?
सम्माननीय प्रधानमन्त्री प्रचण्डजीलाई खुल्ला-पत्र
प्यारो सम्माननीय नेता प्रधानमन्त्री प्रचण्डजी !
आजको यस घडीमा मैले अहिले सर्वसाधारण आम नेपालीजनताको प्रतिनिधि भएर जिम्मेवार व्यक्तिको हैसियतले हाम्रो देश नेपालको प्रगतीका लागि निम्नलिखित अत्यावश्यक केही सल्लाह सुझावहरु तपाईंले नेपालको नेतृत्त्व सम्हालि रहनुभएको सम्माननीय प्रधानमन्त्री भएको नाताले पेश गरेको छु ।
प्यारो गाउँ
कतिमा राम्रो गाउँ यो प्यारो खुसीले झुम्दैछु
धरती राम्रो, आकाश राम्रो लागेको आजै हो
सुवास हावा लाग्यो नि हेर फरर शीत्तल
प्रेमकी खानी प्रकृति यहीँ जननी सबैका
विरुवा बोट पशु र पञ्छी भएका फुरुङ्ग
त्यसैले म त बनाई घर बस्नेछु यहीँ नि
रङ्गले सयौं रङ्गिन फूल फक्रेका गजब
यहाँका हर वासिन्दा फूलै लाग्यो नि मलाई
घडी बन्द (लघु कथा)
जिउँदोमा काँध दिने कोही छैनन् बरिलै यो संसारमा । मरेपछि काँध दिन जो पनि तँछाडमछाड गर्छन् हरे ! धार्मिकताको यो कलङ्क स्वार्थी दुनियाँ ! हो दीपक छैन आज यो संसारमा ।
वर्षौं भयो उसको विश्वको नंबर एक स्वीस घडी बिग्रिएको । एउटा जस्तो घडी पनि बनाउन सक्छु भन्ने घमण्डी घडी मेकानिकले बनाउने भनेर लगेको थियो तर ऊ पनि हार खाएर त्यहीँ त्यो घडी बनाउन सकिएन माफ गर भनी गिडगिडाउँदै छ उसको लासको अगाडि ।
बाबालाई पत्र (कथा )
बाबा तपाईं आरामै हुनुहुन्छ ? साह्रै खुसी लाग्यो । मलाई यति साह्रो तकलिफ गरेर हेरचाह गर्न फेरि आउनु भएकोमा । दुनियाँ स्वार्थी छ । तपाईंको मुसुमुसु चेहराको सम्झनाको झोँकाले तपाईं आउनु भो भन्ने थाहा पाएँ, मैले साथ पाएँ । तपाईंको दुनियाँ र मेरो दुनियाँ फरक छ । मैले तपाईंलाई भ्रूणको हत्या नगरौंबाट मेरो पहिलो सन्तानलाई भेटेसरी भेट्ने चाहना राखेको थिएँ तर त्यो बाटोमा जानु अगाडि नै तपाईं आइपुग्नु भो । यत्ति साह्रो आजसम्म पनि मलाई हेरचाह गर्नुहुन्छ । यो मैले सोचेको पनि छैन । तपाईंले सोच्नु होला मलाई कत्ति डर लाग्छ भनेर । तर होइन म कुनै पनि डर मान्दिन । बरु तपाईंको मुस्कान मलाई मनपर्छ । तपाईं अग्रज हुनुहुन्छ । तपाईंको भुसुनाको रुप देखेँ । तपाईंको बत्तीकीराको रुप देखेँ बिपनीमा भने सपनीमा लेटिएको उत्तराङ्ग सशरीर साक्षात दर्शन पाएँ ।
नववर्ष
क्रमशः वितिरहेको जिन्दगीमा एउटा नयाँ दिवस आउँछ भने, चारैतिर नयाँ आल्हाद आउँछ भने, सर्वत्र सबैले अभिनन्दन गर्छन् भने हो ! त्यो हो नयाँ वर्ष । गाउन मनलाग्छ गीत नयाँ भने, मुग्ध पार्ने प्रभात जो पदार्पण गर्छ भने त्यो हो नयाँ वर्ष । आशाको नवीन अध्याय सुरुवात हुन्छ भने, सुन्दर आयोजना रोजको आह्वान हुन्छ भने, नयाँ विश्वास सर्वत्र छाउँछ भने त्यो हो नयाँ वर्ष । प्रकृतिदेवीको रङ्गमञ्चका कठपुतलीहरूको राम्रो धेरै राम्रो जिन्दगीको मञ्चन हुन्छ भने त्यो हो नयाँ वर्ष । नयाँ प्रभात लिएर, नयाँ सोपान लिएर दृश्यपान गर्ने रहर जो जाग्छ भने त्यो समय हो नयाँ वर्ष ।
