Skip to content

बिजु सुवेदी (विजय)

20170914_BijaySubediBijju

ग्रञ्ज (लघु कथा)

बाबु म पनि बूढी भइसकेँ । तेरा बाबा बजार गएको मान्छे दुई दशक भइसक्यो अत्तोपत्तो छैन । तेरो पढाइ पनि पूरा होला जस्तो छैन । पल्ला किराना पसलेको उधारो अहिलेसम्म तिर्न सकेको छैन , वल्लाको पनि त्यस्तै छ । दशैँ पनि आइसक्यो । तेरा लागि नानाचाचा पनि लिन नसकिने भो बा अब । यो दशैँमा तेरा लागि एकजोर लुगा राखिदिऊँ भनेको त्यो पनि पूरा हुने भएन । मलाई माफ गर है छोरा ।” आमा खिन्न भएर गनगन गर्दै हुनुहुन्थ्यो ।

ए जिन्दगी (गीति कविता)

जिन्दगी तिमी मलाई किन अङ्गाल्न चाहन्नौ
असल हुँदा म भएँ एक्लो खराब समाज

भलाइ गर्दा कसरी यस्तो नमरेँ नबाँचेँ
हाँसु नि भन्दा ओठमा पट्टी बैगुनी तिमी त
ओठमा कस्तो तम्सुक जस्तो ऋणको भारी यो
केही त राम्रो बोल्दामा हरे लिलामी सर्वस्व

यस्तो मा पनि समय आयो तर्कना विर्कना
सबैमा कुरा गर्दामा खेरी मभएँ पागल
रुनका लागि झरीमा गएँ कसले के थाहा
पलक भरी आासुका ढिक्का निलेर दबाएँ

लय :– ३+२ विश्राम, ३+२ विश्राम, ३+३ विश्राम जम्मा १६ मात्रा असारे लय

२०७४ भदौ १७ गते शनिवार
बिजु सुवेदी “विजय”
भक्तजन मार्ग
bijusubedi@gmail.com

हरे कृष्ण, जय शम्भो

एक दिन मत्र्यलोकमा मासको पाँचौं सोमवार र कृष्णका जन्माष्टमी उही दिन २०७४ साउन ३०मा परेछन्, मानिसहरुको कोलाहल कान्तिपुरी नगरीमा देखेर यी दुवै इष्टदेव भलाकुसारी गर्न थाले ।

हे देवका पनि देव, भोलेबाबा तिमीलाई त आज महिनाको पाँचौं सोमबार भएर मान्नेहरुको लावालस्कर बाहिर चक्रपथसम्म पुग्यो नि ?

छोडेर आएँ

छोडेर आएँ बसेको ठाउँ अशान्ति भएर ।
फर्केर आएँ आफ्नो नै गाउँ आनन्दी लिएर ।।

सहेर बस्न हुँदैन भन्दा टेरेन कसैले,
एक्लो नै बस्छु सहन्न म त आएको त्यसैले ।
स्वदेश नाउँ लिन नि हुन्न रिसले चिढेँ म,
नेपाली गाउँ रमाउँ जहीँ भन्दै नै हिँडे त ।

गणतन्त्र

देशकै लागि अङ्ग र भङ्ग भएथे जनता
बेपत्ता भए अहिलेसम्म पाएन ठेगाना
कैयौंले हाँसी त्यागेर प्राण गरेथे त्यो बाजी
यसरी लाखौं शहीद भए सङ्ग्रामी त्यो घडी

मिल्काइ फाले अघिमा बढी राजाको शासन
हकको लागि लडेर ल्याए हटाई दमन
कुनै नि नेता नबनौं अब राजाको जसरी
गणको तन्त्र आइमा सक्यो स्याहारौं बेस्करी

मे दिवस

ऊ अफिसको नयाँ कर्मचारी हो । उसले जागिर खाएको २–३ महिना मात्रै भयो । उसलाई सधैं जागिर भनेको “जा गिर” अर्थात “गिर्न जाऊ” सार्थक भएको लागिरहेको थियो ।

वर्तमानमा जिउने कला छ नयाँ वर्षमा

उकाली ओराली पार गर्दै २०७३ साल पनि वितिसक्यो । २०७४ सालदेखि हरेक पल आशा गरे अनूरुप मङ्गलमय होस् यही शुभ–कामना गरौं । नूतन वर्षको स्वर्ण रश्मीले छरेर गगन आल्हादित होस् । समुच्च विश्व नै हर्षित, प्रमुदित र उत्साहित होस् । हृदय सरोवर होस् । वन्धुत्व सर्वत्र छाओस् । जनजनमा उल्लास आओस् । यस्तो खुसी आओस् जसले भेदभाव तोडिदेओस् । नवल लालीले सारा जगतलाई उन्मादित गरिदेओस् । आयो नयाँ वर्ष तपाईंको दैलोमा, ढकढकाइरहेछ बारम्बार ढोकामा । वितेका वर्षका भारी विसाई ल्याइसक्यो नयाँ प्रेम उमङ्ग । दुबै हात फैलाई स्वागत गरेको छु नव वर्ष तिमीलाई । ईंश्वरलाई पनि धन्यवाद दिएको छु । आउनुहोस् सबैजना नयाँ वर्षको पहिलो कु

आमा

गर्भमा स्नेहले हुर्काउने आमा
धर्तीको काखमा थाम्ने प्रकृति आमा
आत्मालाई जन्मदिने परमात्मा आमा

दिन त के नै सक्छु र
सबै तिम्रै त हो नि
त्यसैले तिम्रो अगाडि,
म सधैं फुच्चे नै त हुँ

शिक्षा (लघुकथा)

सीताको आफन्त बितेको थियो । दशैंको बिदामा आफन्तजनहरूको आऊजाऊ शुन्य थियो । बिदा भएकोले क्याम्पसमा पढाउन पनि जानुपरेको थिएन । बाहिर टहल्न भनेर उनी निस्किइन् ।

एउटी राधा नामकी आइमाइ केही गर्न नसकेर एकदम फोहोर अवस्थामा सडकमा लत्रिएर थलापरेर सुतिरहेकी थिइन् । उनले चित्कारले भरिपूर्ण स्वरले दुहाइ दिँदै सडकमा आवतजावत गर्नेहरूसँग आफ्ना लागि केही गर्नका लागि अनूनयविनय गरिरहन्थिन् । यहीनै उनको दिनचर्या थियो ।

परीक्षा (लघुकथा)

वारि र पारि दुईटा घरको झ्यालमा केटा र केटीको आँखा चार हुन्थ्यो । यो प्रकृया सधैं भइरहन्थ्यो । दुबैको मौन प्रेम चलिरहन्थ्यो, मनोवाद चलिरहन्थ्यो । यो जोडीलाई ती दुईटा घरको बीचको सडकमा जति सुकै गाडीको कर्कश प्वाँ प्वाँ भएपनि जतिसुकै ठुलो घटना भएपनि उनीहरुको पलाएको मौन प्रेम भङ्ग हुँदैनथ्यो । उनीहरुले आफु दुईलाई एक बनाएका थिए ।

विश्वास (लघु कथा)

एकपटक एकजना साधुलाई साहू र ज्यामीका बारे परख गर्न ईच्छा जाग्यो । साधु ज्यामी भएर साहूकोमा काम गर्न गए । उनले साहुकहाँ मेहेनत मजदुरी गर्थे । पसिना पसिना भएर काम सकाउँथे अनि आफ्नो ज्याला लिन्थे र आफ्नो कुटीमा फर्कन्थे । साहुले कहिले दुईदिनपछि दुईदिनको ज्याला दिन्थे त कहिले तीनदिनपछि तीनदिनको ज्याला दिन्थे ।

एकदिनको कुरो हो :–

ज्यामी :– सहुजी मलाई आज दुईदिनको ज्याला दिनुहोस् ।

साहू :– एकदिनको काम गरेर कसरी दुईदिनको दिने ?

ज्यामी :– म भोलि काम गरेको पैसा लिन्न नि त ।

साहू :– तिमी भोलि काममा आउँछौ भनेर कसरी विश्वास गर्ने ? त्यसैले एकदिनको मात्रै दिन मिल्छ, बुझ्यौ ?

फूल तिमी बिद्रोह गर

हे फूल ! तिमी सृष्टिको अत्यन्तै सुन्दर सृजना ।
तिमी बगैंचाको शोभा ।
पृथ्वीको देदीप्यमान ।
तर तिमीलाई चुँडेर देवताको पाउमा गर्छ सेवा ।
के यो सेवा हो ?
देवताको सुन्दर रचना तिमी
तिमीलाई लुछेर शीरमा किन राख्दछ ?
सृष्टिको शोभामा किन यत्ति बवण्डर ?

कञ्चन र कल्चुँडी (लघुकथा)

“दुइटी केटीहरू थिए । एउटीको नाम कञ्चन थियो भने अर्कीको नाम कल्चुँडी । कञ्चन र कल्चुँडी एकदमै मिल्ने साथी थिए । नामजस्तै कञ्चनको स्वभाव राम्रो थियो । कञ्चन कुनै केटासँग पनि कुरा नगर्ने खालकी थिई । कल्चुँडी भने हरेकपटक कुनै न कुनै केटासँग आफ्नो लफडा भएको किस्सा जसलाई पायो त्यसलाई सुनाउँथी र आफूलाई भएको यस्ता समस्याहरूको समाधान गर्न हारगुहार मागिरहन्थी । त्यस्तोबेला कञ्चनले कल्चुँडीलाई केटाहरूको सङ्गत गरेर आफ्नो जीवनलाई नरकमा नपार्न सल्लाह दिन्थी । उनीहरू दुवैको रविसँग मित्रता गाढा भएको थियो ।” यी सबै कुराले यिनीहरूका बारेमा एसएसपी प्रमोदलाई अनुसन्धान गर्न खुराक भएको थियो ।

गर्नै पर्यो उत्सर्ग

दिनै पर्ने भयो हर सङ्ग्रामी उत्सर्ग
कति झेल्ने आफूमाथि भएको अन्याय

गर्ने के हो आश सबै निराश भैसक्यो
गरी क्यौँ रक्त–तन उदास गैसक्यो
दियो निभ्यो फेरि तेज दिनु छ सर्वत्र
रात निशा गई दीप छाउन यथार्थ

मुक्त भई जाँदैछु

पञ्छी बनी जाँदैछु मुक्त भई आत्मा घुम्दैछु
रीत यो हो आउने जाने चोला फेर्न घुम्दैछु
खाली हात आएको थिएँ ,खाली हातै जाँदैछु
स्वार्थी पापी संसारलाई बिदा दिँदै जाँदैछु

जति पनि गरेको थिएँ फल लिई जाँदैछु
जति पनि नराम्रो गरेँ भोग्न लाई जाँदैछु
बढे के भो मलामी कर्म ठूलो भनी जाँदैछु
राम्रो काम असल कार्य गर्नुपर्छ भन्दैछु

रहेनछ मरण भन्ने भनीकन जाँदैछु
दूर दूर गएर पनि आफैलाई खोज्दैछु
आफैँ भित्र गएर पनि म को खोजी गर्दैछु
तन त्यागी ब्युँझँदा अर्को तन प्राप्त गर्दैछु

लय २+२ विश्राम ३+२ विश्राम २+२+३ विश्राम जम्मा १६मात्रा

२०७३ असोज ३०
बिजु सुवेदी “विजय”
भक्तजन मार्ग, काठमाण्डौँ

रङ्गेको यो तन

रङ्गाइदेऊ खेलेर होली अमृत तनमा ।
लगाइदेऊ सिम्रिक लाली उघारी मनमा ।।

निक्लेको छु नि शहिद बनीे छाती नै तानेर,
हाँसेर प्राण आहुती गरी स्वतन्त्र छानेर,
तेरो यो लाल आएर पुछ्न अस्रुको सरिता,
कसरी बाँच्छ हे देश भन्न त्यागेर यो चिता ।

आज उनको सम्झनामा

म बैरी हुँ फूलवारी
ए मुहार दुराचारी
के सोच छ तिम्रो धरी
हुँ म तिम्रो साख्खै परी
भनी उनी मेरोसामु
बच्ची खै नि भन्नी मामु
आँखाबाट आँसुु टोली
मनमनै मन डोली
बोली खोल्न तर्सी तर्सी
आँखाबाट बर्सी बर्सी

मृत्यु (गीति कविता)

ठेगाना मेरो टाढा छ भनी गन्तब्य चाहार्छु,
आजाद पञ्छी बन्नका लागि मरण सपार्छु ।
संसार पारि हुन्छ नि तब बहार सफर,
त्यहीँ नि पुगी मृत्युमा हुन्छ जीवन हरर ।

अरुको गर्छु सुख नै सुख

अरुको गर्छु सुख नै सुख आफू चैं निराश ।
निभ्दछु आफू अरुले हेर्दा चम्किलो प्रकाश ।।

भूकम्प आयो दर्दको फाँट तुफानी भएर,
देखाई दिन्छु जो सुकैलाई रङ्गिन भनेर ।
छेकेर राख्छन् हरले रोकी मलाई तर्कदै,
तैपनि खुसी बनाई छोड्ने कसम यो सधैं ।

को शाकाहारी ? (लघुकथा )

शाकाहारी बनौं अभियान मैले छोडेँ, हारेँ भाइ म हारेँ ।

किन छोड्नुभयो ? र कसरी हार्नुभयो ? मजस्तै सर्वभक्षी बन्नु भो किक्या हो ? राम्रो थियो नि त्यो समुह हैन र ?

हैन नि भाइ !

अनि के नि दाइ ?