< गजल > (३८३)
जन्मभूमि नेपाल रुँदा मेरो पनी मन रुन्छ ।
बिहानीको किरणसँगै डाँडा पाखा बन रुन्छ।।
लड्दैछ रे हेरन आफै दाजु भाई जताततै ।
बौलाएको जनता देखी देश अझै झन रुन्छ ।।
भुल्दै गयौं हामीले किन कोरिएका इतिहास ।
बीर गाथा सम्झेर कैले छातीभित्रै तन रुन्छ ।।
उकाली र ओराली गर्दै चिनिएको नेपालीले ।
गोठालोमै हुर्किनु पर्दा तिनै बाला पन रुन्छ ।।
सामन्तको जालमा पारी अधिकार लुटेपछि ।
गरिबको इज्जत किन्ने अमिरको धन रुन्छ ।।
अतित लिङ्देन ( सुब्बा )
झापा
