Skip to content

जन्मभूमि नेपाल रुँदा


< गजल > (३८३)

जन्मभूमि नेपाल रुँदा मेरो पनी मन रुन्छ ।
बिहानीको किरणसँगै डाँडा पाखा बन रुन्छ।।

लड्दैछ रे हेरन आफै दाजु भाई जताततै ।
बौलाएको जनता देखी देश अझै झन रुन्छ ।।

भुल्दै गयौं हामीले किन कोरिएका इतिहास ।
बीर गाथा सम्झेर कैले छातीभित्रै तन रुन्छ ।।

उकाली र ओराली गर्दै चिनिएको नेपालीले ।
गोठालोमै हुर्किनु पर्दा तिनै बाला पन रुन्छ ।।

सामन्तको जालमा पारी अधिकार लुटेपछि ।
गरिबको इज्जत किन्ने अमिरको धन रुन्छ ।।

अतित लिङ्देन ( सुब्बा )
झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *