Skip to content

एक्लो एक्लो महसुस


एक्लो एक्लो महसुस हुँदैछ जिन्दगी
भित्र-भित्रै किन मन रुँदैछ जिन्दगी

आफ्नो भाग्य खोज्दै हिँडे भेट्ने दिन गनी
अनन्तको यात्रा संगै घुम्दैछ जिन्दगी

रमाएर सुखमा सात समुद्र तैरिन्दै
आँशुको सागर बनी डुब्दैछ जिन्दगी

सयपत्री फूल झैं जोडिएको नाता हाम्रो
मक्किएको धागो सरी चुड्दैछ जिन्दगी

सपना थियो सजाउने दुख सारा भुल्दै
बिर्सिएर खुशी अन्त मुडदैछ जिन्दगी

अतित सुब्बा
झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *