कहिलेकाहीँ बिपनीमा आफैँ तडपिन्छु,
कहिलेकाहीँ निदरीमा आफैँ झुलिन्छु!
तर कहाँ रहेछ त्यो चोखो तिम्रो मुटु,
मन्दिर झैं स्वच्छ तिम्रो मुटु ठान्थें सधैँ,
पुजारी भै मनभित्र तिम्रै पूजा गर्थें सधैँ!
तर कहाँ रहेछ त्यो चोखो तिम्रो मुटु,
कहिलेकाहीँ बिपनीमा आफैँ तडपिन्छु
लाखौं टुहुराको सपना लुट्यौ तिमीले!
हजारौं बटुवाको हृदय तोड्यौ तिमीले,
तर कहाँ रहेछ त्यो चोखो तिम्रो मुटु,
कहिलेकाहीँ सपनीमा आफैँ झस्किन्छु!
आँखाभरि उसैको झझल्को बनी आउँछ,
बितेका पल सम्झी आँखा मेरो रसाउँछ!
तर कहाँ रहेछ त्यो चोखो तिम्रो आँशु,
कहिलेकाहीँ बिपनीमा आफैँ तडपिन्छु
कहिलेकाहीँ निदरीमा आफैँ झुलिन्छु
कहिलेकाहीँ सपनीमा आफैँ झस्किन्छु
