झुमिदेऊ शराबी नशामा, भोको छ प्यासी यी बदनहरू
चुमिदेऊ मेरो अंग अंगमा, नशालु छ मेरा यी ओठहरू
धकधकाउँछ मेरा धड्कन तिमीलाई देखेसि
सलबलाउँछ मेरा हातहरू तिमीलाई भेटेसि
बनाउँ यो रंगिन साँझ मेटाऊँ हाम्रो प्यासहरू
चुमिदेऊ मेरो अंग अंगमा, नशालु छ मेरा यी ओठहरू,
नशालु त्यो हेराईले काउकुती लाग्छ मलाई
सोह्र बर्षे जवानी यो सुम्पी दिऊँ म कसलाई
भमरा बनी रोजिदेऊ कोमल यी मेरा फूलहरू
चुमिदेऊ मेरो अंग अंगमा, नशालु छ मेरा यी ओठहरू,
झुमिदेऊ शराबी नशामा, भोको छ प्यासी यी बदनहरू
चुमिदेऊ मेरो अंग अंगमा, नशालु छ मेरा यी ओठहरू
अतित सुब्बा
झापा