कविज्यू हजुरको त कविता नै मिठो !
शब्द शब्दहरूमा कविता
उकाली ओरालीसँगै
लेक बेसी वन पाखासँगै
हेर जताततै कविता
कविज्यू हजुरको त कविता नै मिठो !
विहानीको उदाउने घामसँगै
मिरमिरे साँझको घामसँगै
आँगनीका फूलहरूसँगै
भन्ज्याङ् अनि चौतारीसँगै
हेर जताततै कविता
कविज्यू हजुरको त कविता नै मिठो !
झरना अनि खोला नालासँगै
चराचुरुंगीको चीरमिरआवाजसँगै
सारंगी अनि मादलुको धुनसँगै
बाँसुरीको त्यो सुरिलो धुनसँगै
हेर जताततै कविता नै कविता
कविज्यू हजुरको त कविता नै मिठो !
नेपाली साहित्यमा अनगिन्ति रचनाहरू कोरिएका छन्! जहाँ आफ्ना आफ्नै शैलीमा साहित्य रचनाहरू पस्किएका हुन्छन्! लाग्छ संसारनै नेपाली शब्दकोषको भण्डार भएको छ! साहित्य रचना बाट कयौं व्यक्तिहरू चितपरिचित भएका छन ! मेरा अग्रजहरूको साहित्य अनि रचनाहरू मलाई पढिरहन मन लाग्छ ! साहित्य प्रेमी सम्पुर्ण मित्रहरूलाई साहित्यिक अभिवादन !आज मैले पनि जानी नजानी एउटा सानो ग कविता लिएर यहाँहरूको सामु उपस्थित भएकोछु! कहिँ कतै अशुद्ध र शब्दहरू नपुगेको भए हजुरहरू बाट सल्लाह र सुझाबको अपेक्षा गरेको छु!
अतित सुब्बा
झापा
