Skip to content

पराई देशभन्दा प्यारो, आफ्नै देश प्यारो हुन्छ


पराई देशभन्दा प्यारो, आफ्नै देश प्यारो हुन्छ
फर्की आऊ है आफ्नै गाउँ, पराई देशभन्दा प्यारो

सुन्दर सपना बोकी तिमी, गएका थियौ पराई देश,
केही छिनको रमझममा परी, नभुल है आफ्नो प्यारो देश,
साथी संगी मिली फेरि, गरौंला है आफ्नै रङ्ग भेस,
पराई देशभन्दा प्यारो

जे गरे नि जसो गरे नि, सुन्दर छन् आफ्नै देशको फूल
पराई देशको परीदेखि तिमी, नगर्नु है फेरि केही भूल
निलो आकाश धर्ती आँगनमा, रोपौंला है हामी सुन्दर फूल

पराई देशभन्दा प्यारो,आफ्नै देश प्यारो हुन्छ
फर्की आऊ है आफ्नै गाउँ, पराई देश भन्दा प्यारो

अतित सुब्बा लिङ्देन
झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *