दुख लाग्थ्यो भने मेरी आमा, किन दियौ जन्म मलाई
सम्झाई दिनु मेरो बाबा अब नरोऊ भनी आमालाई
बिदा दिनु बाबा मलाई, आमा अब नरोई दिनु
फर्की आउछु एक दिन फेरि, मलाई सम्झी बसी दिनु
भविष्यको मिठो सपना बोकी, छोडी आएँ आफ्नो जन्म-भूमि
आफ्नै आँगनीमा रम्न छोडी, रोजे मैले यो उजाड मरुभूमि
बिदा दिनु बाबा मलाई, आमा अब नरोई दिनु
फर्की आउछु एक दिन फेरि, मलाई सम्झी बसी दिनु
फसेको छु आज म ठुलो यो भुमरीमा, चित्त मेरो बुझ्दैन अन्तर यो आत्मामा
पार्यौ दैव तिमीले कस्तो यो दलदलमा, छटपट्टिरहेछु आज म यो एकान्तमा
दुख लाग्थ्यो भने मेरी आमा, किन दियौ जन्म मलाई
सम्झाई दिनु मेरो बाबा अब नरोऊ भनी आमालाई
अतित सुब्बा लिङ्देन