माया तिमीलाई गर्दा गर्दै रित्तिएछ भण्डार पनि
साथ तिमीलाई दिंदा दिंदै सकिएछ आधार पनि,
मिलन हो कि बिछोड हो बुझ्नै गारो भो मलाई
बर्षौं तिमीलाई कुर्दा कुर्दै नाघिएछ संघार पनि,
कहिले हाँसो कहिले आँशु बनाई छाड्यौ मलाई
बर्षातको झरी झैं लाग्छ सिरसिरे तुसार पनि,
मनको पीर पोखौं भन्दा यो ज्यान टाढो भो
विश्वासघातको तीर हान्यौ सहि दिएँ प्रहार पनि,
अतित लिङ्देन
झापा
