Skip to content

पाइलैपिच्छे भेटिन्छन्, जिन्दगीका साहुहरु

लागेको छ मुटुमा, नभरिने घाउहरू
पाइलैपिच्छे भेटिन्छन्, जिन्दगीका साहुहरू ।।

ऋणी हैन म कसैको, न कसैको दास नै हुँ
आत्मीय छैन मेरो कोही, न कसैको खास नै हुँ ।।
पहिल्याउन सकिन सायद, जिन्दगीका दाउहरू
पाइलैपिच्छे भेटिन्छन्, जिन्दगीका साहुहरू ।।

साना–ठुला सबै नाता, मेरा लागि तुच्छ भए
मेरा आफन्त भन्नेहरू, कती आए कती गए ।।
आफन्तमै सत्रु धेरै भेटेँ, भेटेँ धेरै बाउहरू
पाइलैपिच्छे भेटिन्छन्, जिन्दगीका साहुहरू ।।

लागेको छ मुटुमा, नभरिने घाउहरू
पाइलैपिच्छे भेटिन्छन्, जिन्दगीका साहुहरू ।।

पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *