म मरेको छैन यहाँ, अझै बाँचिराछु
तिम्रो श्राप मेरो पाप, कट्टा गरिराछु ।।
धुकधुकी बाँकी छोडी, न त मेरो ज्यान लियौ
यस्तै जिवन ज्युँनु तैले, भनिकन श्राप दियौ ।।
श्राप मुक्त हुन्छु भन्ने, आशमा अल्झिराछु
तिम्रो श्राप मेरो पाप, कट्टा गरिराछु ।।
चुपै रहेँ सँधैँ जस्तो, सोची तिम्रो मन जाग्ला
बिना गल्ती श्राप पाएँ, यस्को पाप कस्लाई लाग्ला ।।
तिम्रो मन जाग्ने त्यो, दिन पर्खिराछु
तिम्रो श्राप मेरो पाप, कट्टा गरिराछु ।।
म मरेको छैन यहाँ, अझै बाँचिराछु
तिम्रो श्राप मेरो पाप, कट्टा गरिराछु ।।
पुस्कल पौडेल (–––प्रतिक)
