नचाहँदा नचाहँदै माया, लाए पछि बन्छ गजल
त्यही मायामा फेरि धोका, पाए पछि बन्छ गजल
थाहा पाउन गाह्रो हुन्छ, आखिर मात केको लाग्यो
२, ४ प्याक बिना सितन, खाए पछि बन्छ गजल
सपनीमा देखिन्न कहिल्यै, जो सोचाइमै हुन्छ केवल
उही आफ्नो नजर सामु, आए पछि बन्छ गजल
नचाहदा नचाहदै माया, लाए पछि बन्छ गजल
त्यही मायामा फेरि धोका, पाए पछि बन्छ गजल
