कोही माया साँचो हन्छ, कोही माया झुट्टो
हुन्न कोही पानी चल्ने, हुन्न कोही अछुत्तो ।।
मान्छे चिन्न गारो हुन्न, माया चिन्न गारो
माया गर्ने मायालु त, सबलाई हुन्छ प्यारो
कोही माया धार–वाला, कोही माया भुत्तो
हुन्न कोही पानी चल्ने, हुन्न कोही अछुत्तो ।।
सबै माया गर्छु भन्छन्, कस्को भर पर्नु
बनाउँछन् पछि तिनले, बाँच्नु या त मर्नु
कोही माया एक्लो हुन्छ, कोही माया झुत्तो
हुन्न कोही पानी चल्ने, हुन्न कोही अछुत्तो ।।
कोही माया साँचो हन्छ, कोही माया झुट्टो
हुन्न कोही पानी चल्ने, हुन्न कोही अछुत्तो ।।
पुस्कल पौडेल (–––प्रतिक)