खुट्टा छ ! सो अनुसारको जुत्ता छैन
जुत्ता छ ! सो अनुसारको खुट्टा छैन
जाबो लास ढाक्ने कात्रोमा
किन आज बुट्टा छैन
इच्छा म मर्दा यही मेरो
खसी काटी सबैले खाइयोस्
मरी स्वर्ग गए पनि
फेरि पनि मर्न पाइयोस्
यहाँ मरुँ वहाँ मरुँ
जहाँ पनि मर्न सकुँ
नर्क हेर्ने इच्छा मेरो
नर्कमानी पर्न सकुँ
अनि (सोच्नेछु त्यतिबेला) सायद मेरो आत्माले यस्तै भन्ला
बाँचुन्जेल दुःख भयो
मर्दा खेरी दुःख गयो
आज म मरिदिनाले
कतिलाई सुख भयो
नरुनु कोही बिलौना गरी
सोची सबै देखी टाढा गयो
याद त आउला नि कहीं न कहीं
सम्झनु ! त्यही याद सबैलाई चिनो भयो
पुस्कल पौडेल (–––प्रतिक)
