Skip to content

नजिक हुन खोजेथेँ तिमी टाढा भइदियौ


माया गर्ने मायालु आज कता गइदियौ
नजिक हुन खोजेथेँ तिमी टाढा भइदियौ

तिमीले छोडी गयौ किन भर्खर माया बसाएको
भुल्या छैन तिमीले मलाई दु:खमा पनि हँसाएको
मलाई सधैं हँसाउनेले आखिर रुवाइ गइदियौ
नजिक हुन खोजेथेँ तिमी टाढा भइदियौ

बुझिन तिम्रो मायालाई तिमी सामु हुँदा खेरी
बल्ल तिम्रो कमी बुझेँ आज एक्लै रुँदा खेरी
साथ हुन्छु भन्थ्यौ सधैं एक्लो पारी गइदियौ
नजिक हुन खोजेथेँ तिमी टाढा भइदियौ

पुस्कल पौडेल (—प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *