भटाभट झर्न थाले, रोजेका फूलहरू
त्यसै गरी सुक्न थाले, सदाबहार मुलहरू ।।
दिलको बगैँचामा मैले, माया रोप्नु गल्ती भयो
जुन फूल फल्यो मायोको, फेरी त्यही चल्ती भयो ।।
फुलेका फूल चल्ती गर्नु, ती नै मेरा भुलहरू
भटाभट झर्न थाले, रोजेका फूलहरू ।।
मैले रोपेका फूलहरू, कुनै पनि मेरा भएनन्
मलाई छोडी ती फूलहरू, अरु कसैको हुन गएनन् ।।
मै देखी रिसाए मेरा, मायाका ती कुलहरू
त्यसै गरी सुक्न थाले, सदाबहार मुलहरू ।।
भटाभट झर्न थाले, रोजेका फूलहरू
त्यसै गरी सुक्न थाले, सदाबहार मुलहरू ।।
पुस्कल पौडेल (–––प्रतिक)
