Skip to content

जन्मदिनको शुभकामना तिमीलाई


तिम्रो जन्मदिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।

कोमल तिम्रो पाउमा काँडाले नघोचोस्,
आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्,
हरेक पाइलामा तिमीलाई सफलता मिलोस्,
दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् ।

दुबै हातहरू मेरा छन् खाली, छैन केही पनि दिनलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।

दुःख भागोस् अघि सुखले पक्ष्याओस्,
बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्,
सबैको मुख–मुखले तिम्रै नाम लिउन्,
भगवानले तिमीलाई राम्रो आशिष दिउन् ।

मिठो बोलेर सँधै तिमीले, हाँसी दिए पुग्छ मलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।

तिम्रो जन्म दिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।

पुस्कल पौडेल (––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *