Skip to content

मन मुटु नै पो दिनु पर्छ त


मन मुटु नै पो दिनु पर्छ त, माया गरेर मात्र कहाँ हुन्छ
भाग्यमा लेखिनु पर्छ, मन परेर मात्र कहाँ हुन्छ

भाग्यमा छ भन्दैमा डोकामा, दुध दोएर त अडिने हैन
गोड्मेल गरेका बिरुवा त मर्छन, बिउ छरेर मात्र कहाँ हुन्छ

माया गरेर कसैलाई पनि, मायाले पुल्पुल्याउन के पो सकिन्थ्यो
कैले त साच्चै रिसाउनूनी पर्छ, आँखा तरेर मात्र कहाँ हुन्छ

उकालो, ओरालो, सम्म, भिरालो, यस्तै हुन्छ जीवनको बाटो
हिड्दै यहाँ दौडिनूनी पर्छ, बामे सरेर मात्र कहाँ हुन्छ

मन मुटु नै पो दिनु पर्छ त, माया गरेर मात्र कहाँ हुन्छ
भाग्यमा लेखिनु पर्छ, मन परेर मात्र कहाँ हुन्छ

पुस्कल पौडेल (प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *