चिताबाटै अन्तिम चिट्ठी

चिताबाटै अन्तिम चिट्ठी

प्रिय “सानु” के छ् तिम्रो खबर नभेटेको पनि धेरै भै सक्यो । अहिले तिमी कहाँ छौ ? के गर्दै छौ ? हामी बीचको सम्बन्धमा अन्तिम पल्ट पनि भेट्न पाएन । भन्ने बेला त जुनीजुनी सम्म सँगै बाचौला सँगै मरौला भन्थौ । खै ति कोरा बोली, मात्र बोलीमा सिमित रहे । दैव दसा लागे पछी कस्को के नै लाग्छ र? भगवानको लीला भनौ की कर्म को फल जे भयपनि आत्मियतको दरिलो साईनो लाई कस्को आँखा लागि चक्कुको प्रहारझै दुई तुक्रासरी बाच्नु परेको अवस्थामा जेन तेन् एक्लो पनको महसुस नगरी सधैं भरिका लागि यस धर्ती बाट टाढा जादै छु । आखिर मर्नु नै जिन्दगिको अन्तिम बिकल्प नभय पनि रोज्नुपर्ने बाध्यता देखियो । बाध्यता र बिवस्ता सँगै बाचेका ति तड्पाइका दिन सधैं सधैं का लागि बिश्रान्ती दिदै छु । अन्तिम सास रहुन्जेल सम्म मात्र मेरो यि कोरा कल्पना कागजी पानामा मात्र सिमित रहनेछन । कल्पना न हो मर्दा पछीको आत्मले कती नै सम्झन् सक्छ र ? न त ति सम्झाइका शब्द पुरा नै हुन्छन नत बिश्रान्ती नै पाउने छन । मात्र तड्पाइ स्वरुप म्रीत आत्मा माथि प्रहार गर्नु सरह हो । वाचुन्जेल भए पनि तिमी लगायत एस धर्ती छोडि सधैं सधै का लागि जादै छु ।

जहाँ सम्म तिमी, कहाँ छौ मलाई थाहा नभएता पनि आस छ् ,तिमी त सुख सयल एयस आराम मोज मस्ती का साथ् बैसालु जवानी का ति ढल्कन् लागेका दिन सँगै बितौदै हौली । तिम्रा लागि त म म्रीत लाश भनी कुल्ची दिएकी हौली हैन र? तिम्रा सामु आउने बिगतका ति रहर सबै अस्ताउन लागेको सुर्यका किरण सरी ओलाईसके । म कहाँ छु तिमीलाई थाहा छ्? मत नदिको किनारमा म्रीत लाशको रुपमा आगो को लप्का ले जली रहेछु । हुन त तिम्रो घर छेउ बाटै मेरो म्रीत लाश लाई ल्यएको थिय होला , तिम्रो सानो भाईले त भन्दै थियो “दिदी दिदी आज एतिका बिहानै को मरेको होला? हाम्रो घरको छेउ नजिकैबाट लग्दै छन , हेर्नं आउनुस् न दिदी” तिमी ले भने सानो त्यो भाई लाई झापार्दै भित्र बस्न लगाइछौ । बिचरा त्यो सानो भाई को के नै दोश थियो र? मात्र म्रीत लासको मान्छेको मलामिको ताती पो हेर्न् मात्रै त आयको थियो हैन र? तिमी त बेवस्ता गर्दै अन्तै तिर मोडियछौ क्यारे । सानो भाई लाई हप्काइको पिडा मेरो म्रीत लाश माथि दोश थपिएको छ । मत सोची रहेको थिए , म्रीत शरिर माथि चिर दाह गर्न सान्तोना स्वरुप एक टुक्रा काठ दिन्छेउ होली तर त्यो मेरो सोच मा मात्र सिमित हुन पुग्यो । तेती सानो एक त्यन्द्रो तुल्शिको पातपनि दिन आइनौ । कती सम्म निस्ठुरी बन्न सकेकी जिउदो लास माथि त घ्रीडा गरेता पनि म्रीत शरिर को के नै दोश थियो र? मेरो लाश जलिरहेको छ् तर मैले तिमीलाई सम्झी नै रहेको छु । तिमी हेर्दै छौ भने मेरो लाश माथि धिप धिप्की आगोको लप्का उठ्दै काठको मुडाहरु जलिरहेका छन । अब त मेरो आत्मा बाहेक अरु सबै जली सकिन लगेछ क्यर । के गर्ने मर्नु र बाच्नुको लीला अर्कै रहेछ । बचुन्जेल त तिमी पनि भन्ने गर्थौ , सँगै बाचौला सँगै मरौला मलाई छोडी कतै नजानु मत केवल हजुरकै काखमा बही रहने छु हरपल हरक्षड तपाईंकै समिपमा आइ दिन रात साझ बिहान हजुर सँगै सुख दु:ख हासो रोदन आपसमा साटासाट गर्दै जिन्दगी भर साथ दिने वाचा कसम खान पछी परेका थियनौ । खै त ति बाचा कसम आज कहाँ गय ति कसम हरु ? सदाकालागि टुटी सक्द रहेछन । लत “सानु” बिगतका कुरा जती कोट्यए पनि तेती धेरै थपिदै जान्छन । तेसैले तिम्रो भाबी दिन सुखमय बितोस यहीछ् तिमीलाई लाखौं लाख शुभकामना मात्र एक प्रीमी प्रीमिका को नाताले । मेरो म्रीत लाश पनि खरानी भै सकेछ अब खरानी को म्रीत आत्मा पनि दीप बत्ती को अन्तिम सँयोजन स्वरुप आत्मासरी एक टुक्रा लाश पनि सधैं भरी पानी सँगै वहन् पछी नपरी तिमी लगयत एस संसारलाई बिदाइका हात हल्लाउदै अगाडि बढे ल । एस जुनी मा तिम्रै साथ लामो समय सम्म साथ दिन नसके पनि अर्को जुनी मा तिम्रै साथ जुनी जुनी सम्म सँगै बाचौला भन्दै सधैं सधैंका लागि बिदा बिदा बिदा अस्तु ।।।

केशब सिंह धामी “कन्चन”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “चिताबाटै अन्तिम चिट्ठी”

  1. केशबजी लाई मेरो शुभकामना
    केशबजी यस्तै तिता मिठा लेख रचना हाम्रो लोकप्रिय माझेरी डट कम मार्फत भए पनी सम्प्रेशण गर्दैगर्नु होला सफलताको लागि शुभकामना । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *