गजल केवल नेताहरुको लागि :-
मनको हैन मुखको मात्र तालमेल भयो
हाम्रो देशको राजनीति जालजेल भयो
जति जोगी आए पनि कानै चिरेका
आउनेको जमात सधैं साउने भेल भयो
सधैंभरि जनतालाई झुक्याई मात्र रहने
केटाकेटी भुल्याउने भलाभली खेल भयो
पाएकोले अर्थ नबुझ्ने चाहनेले पाउनै नसक्ने
बाँदरको हातमा नरिवल अनि कागलाई बेल भयो
पचाईसके जनता सारा पार्टी अनि नेता हेर्दै
आखिर आफ्नो भोटले हाम्रो आफ्नै जेल भयो
