कति सहे पीडाहरू


कति सहे पीडाहरू मैले गन्न बाकी नै छ
तिमी भने हिँडिहाल्यौ अझै भन्न बाकी नै छ

तिमी सँग पुग्न मैले नखोजेको कहाँ हो र?
हिड्ने बाटो भत्केकाले, अझै खन्न बाकी नै छ

हेरा हेर मात्रै भयो दुई किनारमा उभिरहदा
हामीलाई जोड्नलाई, पुल बन्न बाकी नै छ

कसले चोर्यो मेरो मनको भकारी त रित्तै छ
अरुले नै लग्छ कि त तेहा टन्न बाकी नै छ

हृदयको परेलीमा परेको त्यो बज्रपात
नरित्तिने प्रेमको बिउ, धन्न बाकी नै छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *